सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जनता समाजवादी पार्टी नेपाल बाँकेद्वारा मदनापुर विद्यालयमा ५१ विरुवा रोपिए

नेपालगन्ज,नेपालगन्ज उपमहानगरपालिका २० मदनापुरस्थित श्री भवानी प्राविमा आज बृक्षारोपण गरिएको छ । जनता समाजवादी पार्टी (जसपा)ले ‘रुख रोपौ वातावरण, अक्सिजन, मानव जिवन र धर्ती मातालाई बचाउ’ भन्ने अभियान अन्तर्गत विभिन्न जातका ५१ वटा रुख रोपिएको हो ।


एक महिने अभियान अन्तर्गत अभियानको तेस्रो चरणमा श्री भवानी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा बृक्षारोपण गरिएको जनता समाजवादी पार्टी नेपाल बाँके (जसपा) बाँकेका जिल्ला अध्यक्ष मोहम्मद कमरुद्दिन राईले बताउनुभयो । उहाँले रुखले वातावरणलाई स्वच्छ र सफा राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

No description available.


उहाँले बृक्षारोपणले विद्यालयलाई फाइदा पुग्ने बताउनुभयो । उहाँले विद्यालयमा मात्र नभएर घरघरमा विरुवा रोप्न आग्रह गर्नुभयो ।
संघीय सांसद तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईको नेपालगन्जलाई हरित नगर बनाउने सपनालाई साकार पार्न रुख रोप्ने अभियान सुरु गरिएको उहाँले बताउनुभयो । यसअघि उक्त वडाकै आदर्श उच्च मावि गायत्री धाममा ७० विरुवा रोपिएको थियो ।

No description available.
No description available.
No description available.


वृक्षारोपण कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल (जसपा) बाँकेका उपाध्यक्ष राजन राना मगर, जनता समाजवादी पार्टी नेपाल (जसपा) बाँकेका सचिव राजेन्द्र बिश्वकर्मा, जनता समाजवादी पार्टी नेपाल (जसपा) बाँकेका नगर अध्यक्ष श्रवण यादव, जनता समाजवादी पार्टी नेपाल (जसपा) लुम्बिनी प्रदेश लेखा संयोजक कौशल धोबी, जनता समाजवादी पार्टी नेपाल (जसपा) बाँके क्षेत्र न ३ का अध्यक्ष राजीव बर्मा, जनता समाजवादी पार्टी नेपाल (जसपा) बाँकेकी क्षेत्र न २ ख इन्चार्ज रमा रानी वैश्य, विद्यालय व्यवस्थापन समितिका सदस्य भुवन बुढाथोकी र सुनिता बिक, पुर्व अध्यक्ष रुपलाल थापा बिद्यालयका प्रधानाध्यापक दिल माया पुनलगायतको सहभागीता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »