सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेमा ५९औं नेपाल रेडक्रस स्थापना दिवस मनाइयो

प्रहलाद विश्वकर्मा
नेपालगंज , नेपाल रेडक्रस सोसाइटीको ५९औं स्थापना दिवस नेपालगंजमा शनिवार मनाइएको छ । “#निरन्तरता (#UNSTOPPABLE)“ भन्ने मुल नाराका साथ नेपाल रेडक्रस दिवस मनाइएको हो ।

दिवसको पूर्वसन्धयामा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि नेरेसोले समुदायसम्म पुर्याएको योगदान र जुनियर तथा युवा रेडक्रस स्वयंसेवकको आगामी भूमिका विषयक अनलाइन प्रविधिबाट अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो भने भाद्र १९ गते शाखा कार्यालयमा प्रवचन कार्यक्रमको आयोजना गरिएको थियो ।


दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले विश्वमा भैरहेको विभिन्न प्रकारका घटना परिघटनामा रेडक्रसका स्वयंसेवकहरु निरन्तर परिचालन भई मानवीय सेवा दिदै आएको स्मरण गर्दै संस्थागत विकास र दुःखीपीडितको सहयोग गर्न सबैलाई अह्ववान गर्नु भयो ।

No description available.


दिवसका अवसरमा नेरेसो बाँके शाखाका बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्लले कविता वाचन र प्रवचन कार्यक्रममा रेडक्रस स्थापनाको बारेमा हेनरी ड्युनाको महान विचारको लघुवृतचित्र देखाईएको थियो । यसैगरी उपशाखाहरुले स्थानीय स्तरमा विविधि कार्यक्रमको आयोजना गरि दिवस मनाएको जानकारी प्राप्त भएको छ । कार्यक्रममा शाखा र उपशाखाका पदाधिकारी, सदस्य र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

No description available.


नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभापति शान्ति श्रेष्ठ र शाखाका बरिष्ठ जिल्ला शाखा अधिकृत दोलख बहादुर लगायतले विचार राख्नु भएको थियो भने कार्यक्रम संचालन कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्माले गर्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »