सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

यौनजन्य गतिविधिविरुद्ध बाँके प्रहरीले गरे कडाई, कल्पना पन्थी नास्ता पसल हवल्दारपुरबाट १० पक्राउ

नेपालगञ्ज, यौनजन्य गतिविधिविरुद्ध बाँके प्रहरीले कडाई गरेको छ । नेपालगञ्ज, कोहलपुर, राँझा, चप्परगौरी, गाभर होमस्टेलगायत क्षेत्रमा यौनजन्य गतिविधि बढेको पाइएपछि प्रहरीले निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


यहाँ साना तथा ठूला होटल तथा कटेजहरुमा यौनजन्य गतिविधि हुने गरेका प्रहरीलाई गुनासो आउने गरेका छ्न । त्यहीँ भएर बाँंके प्रहरीले निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपानेले बताए ।


यहाँसम्मकी पछिल्लो समया ग्रामीण क्षेत्रका नास्ता पसलमा पनि यौनजन्य गतिविधि हुन थालेका छ्न । त्यसैक्रम हवल्दारपुर स्थित कल्पना पन्थी नास्ता पसलबाट यौनजन्य गतिविधिमा संलग्न १० जनालाई पक्राउ गरिएको डिएसपी न्यौपानेले बताए ।
शुक्रबारराती ६ जना युवक र ४ जना युवतीलाई पक्राउ गरिएको हो । यौनजन्य गतिविधि भैरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलिले छापा मारेको थियो ।


संचालक भने फरार भएको प्रहरीले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका उनिहरु पेशेवर यौनकर्मी हुन व होइनन् भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । पछिल्लो समय भारतीय नागरिकहरु यौनप्यास मेटाउन नेपालगञ्ज आउने गरेको पाइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »