सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोहलपुरमा नक्कली प्रहरी निरीक्षक पक्राउ

मंसूर अली इद्रिशी
नेपालगञ्ज,आफुलाई प्रहरी निरीक्षकको रुपमा चिनाउँदै बाँकेको कोहलपुर क्षेत्रमा सर्वसाधारणलाई दुःख दिने एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सल्यान दार्माकोट गाउँपालिका २ का ३२ बर्षिय दिपेन्द्र रोकायलाई शनिबारराती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

रोकायले कोहलपुरको बसपार्क क्षेत्रमा रहेका होटल र पसलमा आफुलाई नेपाल प्रहरीको सिआईवी निरीक्षक भन्दै डरत्रास देखाई धाक धम्की दिईरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »