सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा लागू औषध ब्राउन सुगरसहित दुईजना पक्राउ


नेपालगञ्ज,नेपालगञ्जबाट लागु औषध ब्राउन सुगरसहित आज दुईजना पक्राउ परेका छन् । नेपालगञ्ज उप-महानगरपालिका–४ का २६ वर्षीय मोहन लाल काहार र वडा नम्बर ७ बस्ने २३ वर्षीय आबेस जोलाहलाई ब्राउन सुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।


विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलि र लागू औषध ब्यूरोको संयुक्त टोलीले नेपालगञ्जको सल्यानी बंगालाबाट दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार चेकजाँच गर्ने क्रममा काहारको साथबाट ९ सय ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर र नगद १९ हजार, नेपाली ६ हजार ६ सय भारु रुपैया र सोही कारोबारमा संलग्न जोलाहको साथबाट २ हजर ५ सय बरामद भएको छ ।
पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान गर्ने तयारी भइरहेको अनलाइन खोजखबरलाई बाँकेका डिएसपी मधुसूदन न्यौपानेले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »