नेपालगन्ज , राष्ट्रिय प्रजातन्त्र पार्टीले बाकेको नेपालगन्ज उप महानगरपालिकाको वडा नम्बर ८ मा नयाँ कार्य समिति गठन भएको छ । कार्यसमिति विस्तार गरिएका सबै वडाहरुमा एकिकरण पछिको राप्रपा निकट कार्यकर्ताहरुको उपस्थितीमा समिति विस्तार गरिएको हो ।
नेपालगन्ज उप-महानगरपालिका नेपालगन्ज वडा नं ०८ मा पार्टीका कार्यकर्ताहरु बीचमा छलफल हुँदा निम्न बमोजिम वडा कार्यसमिति निर्विरोध चयन गरिएको हो ।


नयाँ गठन भएको पदाधिकारीमा अध्यक्ष ,विजय कुमार वैश्य, उपाध्यक्ष, सुरेन्द्र गुप्ता वैश्य, अमन गुप्ता र महिला उपाध्यक्ष ,निर्मल धोबी, कोषाध्यक्ष, श्याम कुमार साहू, सचिव, रजनीश वाजपेयी, सदस्यमा खुशी रानी वैश्य, शैलेन्द्र पण्डा जोशी, नन्द किशोर ठाकुर, अमिरका ठाकुर, इन्द्रा कनोजिया, राज कुमार घसियारा, सत्तन गुप्ता, राज हंस गुप्ता लगायत २४ जनाको समिति गठित गरिएको छ ।

आज सम्पन्न भेलाको अध्यक्षता निखिल कुमार वैश्यले गरेका थिर भने र प्रमुख उपस्थिति केन्द्रिय सदस्य ओम प्रकाश अजादले नयाँ पदाधिकारीहरु सफल कार्यकालको शुभकामना तथा बधाई दिनु भयो र । अहिले बाँके जिल्ला भरी राप्रपाको विभिन्न वडामा समिति गठन कार्य हुँदै आएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र गुप्ता वैश्यले जानकारी दिनु भयो ।








