सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बाँकेले एमसिसी विरोध


मंसूर अली

नेपालगन्ज, नेपालगन्जको अति ब्यस्त धम्बोझी चोकमा राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता, कार्यकर्ता भेला भएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहनको तयारी गरेका संगठनका केहि नेता, कार्यकर्ताहरु प्रहरीलाई अल्मल्याउन धम्बोझी चोकमै एमसिसी विरुद्ध नाराबाजी गर्न थाले ।

प्रहरीको ध्यान प्रदर्शनकारीको नाराबाजीमा केन्द्रित भयो । त्यहिबेला संगठनका केन्द्रिय उपाध्यक्ष ऋषिराज देवकोटा सुटुक्क प्रदर्शनबाट बाहिरिए र, उनले केहिवेरमा प्रधानमन्त्रीको पुत्ला लिएर सडकमा आए । त्यसमा सलाई कोरे र दौड्दै चोक नजिक आए । त्यसपछि एमसिसी र प्रधानमन्त्री देउवा विरुद्ध प्रदर्शन गरिरहेका नेता, कार्यकर्ता दौड्दै पुत्ला दहन भएको ठाउँमा आएर फेरि नारावाजी गरेका थिए । एमसिसी राष्ट्रघाती भएकोले त्यसलाई स्विकार्न नसकिने संगठनका अध्यक्ष हुकुम सिहं केसिले भन्दै प्रदर्शनकारीले एमसिसी सम्झौता भए त्यसको परिणाम गम्भिर हुने चेतावनी दिएका थिए ।

May be an image of 4 people, people standing, people sitting and outdoors


एमसिसी लागू भए त्यसपछि उत्पन्न जटिल परिस्थितिको भागिदार देउवा नेतृत्वको सरकार हुनेछ,’ संगठनका केन्द्रिय उपाध्यक्ष ऋषिराज देवकोटाले भनेका थिए । प्रदर्शनकारीले प्रहरीलाई झुक्याएर प्रधानमन्त्रीको पुत्ला दहन गर्न सफल भए धम्बोझी चोकमा एमसिसि र प्रधानमन्त्री विरुद्ध नारावाजी गरि प्रहरीलाई अल्मल्याएका संगठनका केहि नेता, कार्यकर्ता चोकको उत्तरतर्फ आएर पुत्ला दहन गरे राष्ट्रिय प्रजातान्त्र पार्टी बाँके सह सचीव सफिक बेहनाले कडा सक्रिय रहेको थियो ।

May be an image of 2 people, people standing, crowd and outdoors


केहिले प्रहरीलाई अल्मल्याउने र केहि नेता, कार्यकर्ता अर्को ठाउँमा गएर पुत्ला दहन गर्ने नीति अबलम्बन गर्यौँ र सफल पनि भयौँ,’ संगठन बाँकेका अध्यक्ष हुकुम केसीले भने । एमसिसी विरुद्ध चरणबद्ध रुपमा सांकेतिक आन्दोलन गर्ने कार्यक्रम रहेको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बाँकेका सचीव अरुण कुमार शर्माले बताए ।

May be an image of 4 people, including Hukum Kc, people sitting, people standing and outdoors


एमसिसी लागू गर्न देउवा सरकारले तत्परता देखाएको बताउँदै राष्ट्रघाती कुनै पनि सम्झौता स्विकार्य नहुने राष्ट्रिय प्रजातान्त्रिक नगर युवा संगठन अध्यक्ष रवि संकर बर्माले स्पष्ट पारे । ‘एमसिसीले देशलाई कालान्तरसम्म हानी गर्ने निश्चित छ । यो सम्झौता कुनै पनि अर्थले देशलाई फाइदा पुर्याउँदैन, ‘हामी देश र जनताका लागि ज्यान दिन पनि तयार छौँ भन्दै संगठन सम्पुर्ण नेता कार्यकर्ताहरुको जमातले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »