सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेमा विश्व प्राथमिक उपचार दिवस मनाइए

प्रहलाद विश्वकर्मा

नेपालगंज , नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा विश्व प्राथमिक उपचार दिवस शनिवार मनाइएको छ । “विद्यालय तथा समुदायमा प्राथमिक उपचारको नयाक बन्नुहोस्” Be a first aid hero at school and in your community भन्ने मुल नाराका आज विश्वभरी दिवस मनाइएको छ ।

हरेक वर्ष सेप्टम्बरको दोश्रो शनिवारका दिन यो दिवस मनाउने गरेको हो । दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय प्राथमिक उपचार महाशाखाद्वारा नेपाल भरी रहेका प्राथमिक उपचार प्रशिक्षकहरुलाई अनलाइन मार्फत अद्यावधिक पाठ्यक्रमको बारेमा जानकारी दिएको छ ।

May be an image of 2 people, child and indoor

सोही क्रममा नेरेसो बाँके शाखाले भरचुल माध्यमबाट मनोवैज्ञनिक प्राथमिक उपचारको विषयबस्तुमा अनलाइनबाट जानकारी र अन्तरक्रिया कार्यक्रम गरि दिवस मनाएको हो ।

May be an image of 1 person, standing and outdoors

सो क्रममा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले प्राथमिक उपचार यस्तो सीप हो जुन मानिसको जीवन बचाउनका लागि मद्दत गर्दछ त्यसैले हरेक समुदाय, शैक्षिक संस्था र व्यक्तिहरुले आ आप्mनो घरमा अनिवार्य रुपमा प्राथमिक उपचारका किट बाकस राख्नु पर्ने कुरामा जोड दिनु भयो ।

No photo description available.

अनलाइन प्रविधिबाट संचालन गरिएको दिवसको अवसरमा नेरेसोका प्राथमिक उपचार प्रशिक्षक, स्वयंसेवक र बाँके शाखा व्यवस्थापनको सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »