सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एमसिसी परिमार्जन आवश्यक – नेपाल

मंसूर अली

नेपालगञ्ज, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमोरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) परिमार्जन सहित मात्रै पारित हुने बताउनुभएको छ ।

एमसिसीको सेना र सुरक्षासँग सम्बन्ध छैन भनेर प्रष्ट पार्नुहोस भनेका छौं, युवा सङ्घ नेपाल लुम्विनी प्रदेश सतरीय भेला र पिपुल्स भोलिन्टियर्स घोषणा कार्यक्रमलाई शनिबार नेपालगञ्जमा सम्बोधन गर्दै अध्यक्ष नेपालले भन्नुभयो,– यो नेपालको आर्थिक विकाससँग मात्र सम्बन्धित होस भनेर प्रष्ट पार्न भनेका छौं ।

अध्यक्ष नेपालले तत्कालिन नेकपाले पूर्व प्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा गठन गरेको कार्यदलको प्रतिवेदन अनुसार एमसिसी सम्झौता परिमार्जन हुनुपर्ने आफुहरुको माग रहेको बताउनुभयो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढङ्गलले पार्टी कव्जा गरेपछि बाध्य भई नयाँ पार्टी बनाउनुपरेको भन्दै उहाँले एकीकृत समाजवादी माओवादी केन्द्रमा समाहित हुने भ्रम फिजाइएको भन्दै यसप्रकारको भ्रममा नपर्न आग्रह गर्नुभयो ।

सर्वोच्च अदालतको जेठ २८ को फैसला प्रभावित बनाउने उद्धेश्यले मात्रै १० बुँदे सहमति गरिएको भन्दै उहाँले त्यो पार्टी एकताका लागि ईमान्दार प्रयास नभई जालझेल मात्रै भएको टिप्पणी गर्नुभयो ।

सर्वोच्च अदालतको जेठ २८ को फैसला अनुसार कारवाहीको औचित्य सकिएको भन्दै उहाँले संसदमा नाकट प्रदर्शन भईरहेको टिप्पणी गर्नुभयो । न्यालयदेखि संवैधानिक निकाय र नेतृत्वमाथि मानमर्दन भईरहेको भन्दै अध्यक्ष नेपालले यसले गलत संस्कारको विकास गरेको बताउनुभयो । जनताले राम्रो काम गर्ने पार्टी र त्यसको चुनाव चिन्हलाई मन पराउने भन्दै उहाँले अहिले एमालेमा देखिएको गुटबाज र ब्यक्तिवाद कसैले र मन नपाएको दावी गर्नुभयो ।

युवा सङ्घका केन्द्रीय सचिव तथा लुम्विनी प्रदेश अध्यक्ष किशोर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सुदुरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, युवा सङ्घका केन्द्रीय अध्यक्ष नरेश शाही, एकीकृत समाजवादीका केन्द्रीय सदस्य दलवहादुर सुनार, कौशिला सिंह, रुपन्देही अध्यक्ष राजु गुरुङ, युवा सङ्घका महासचिव दीपक जिएम,उपमहासचिव सरिता श्रीष, युवा सङ्घ बाँकेका अध्यक्ष कुश्माखर बस्याल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । अध्यक्ष नेपालको उपस्थितीमा खजुराको सोनपुरमा पार्टी प्रवेश कार्यक्रम भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »