सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेको पत्रकारितामा कोभिड–१९ महामारीको असर’ बारे छलफल


मंसूर अली इद्रिशी
नेपालगंज ,
कोभिड–१९ महामारीमा बाँकेका सञ्चार माध्यमहरुले सहि सूचना वितरण तथा सचेतनाका लागि प्रभावकारी काम गरेको निष्कर्ष निकालिएको छ । ‘बाँकेको पत्रकारितामा कोभिड–१९ महामारीको असर’ विषयक सरोकारवाला वीचको छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो धारणा राखेका हुन् ।


कृष्णसार एफएम संचालन गर्ने संस्था समुदायका लागि सञ्चार अभियान नेपालको १३ औं वार्षिक साधारण सभा तथा ५औं अधिवेशन शुभारम्भको अवसर पारेर नेपालगंजमा यस्तो छलफल गरिएको हो ।कार्यक्रमका सहभागिहरुले कोरोना महामारीको कठिन परिस्थितिमा बाँकेको पत्रकारिताले अहंम भूमिका निर्वाह गरेको धारणा राखेका थिए ।


सामुदायिक रेडियो प्रसारक संघ अकोराबका अध्यक्ष अर्जुन गिरीले महामारीमा सबभन्दा बढि सुचना र सचेतना फैल्याउने काम रेडियोहरुले गरेको तथ्य सार्वजनिक गर्नु भयो । यो अवधिमा सर्वेक्षणहरुले नै सबै भन्दा बढि नेपालीले रेडियो सुन्ने गरेको उहाँले बताउनु भयो ।
कार्यक्रममा अधिकारकर्मी प्रकाश उपाध्यायले विपदमा स्थानीय मिडियाले प्रशंसनीय कार्य गरेको भन्दै स्थानीय सञ्चार माध्यम संग स्थानीय सरकारहरुले नीतिगत व्यवस्था गरेर सहकार्य गर्नु पर्नेमा स्रोतको अपारदर्शी वितरण भएको बताउनु भयो । दैनिक नेपालगंजका सम्पादक झलक गैरेले स्थानीय मिडियाले विपदमा प्रभावकारी भूमिका खेल्दै आए पनि स्थानीय सरकार र सम्बद्धहरु सहयात्री बन्न नसकेको गुनासो गर्नु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले कोरोनाकालमा बाँकेका पत्रकारहरुका लागि स्वास्थ्य सेवा लगायतको सहजीकरणमा पहल गरेको बताउनु भयो ।


कोरोनाको विपदमा पनि पत्रकारहरुले ज्यानको पर्वाह नगरीकन सूचना सम्प्रेषणमा खटिएको पत्रकार कृष्ण अधिकारीको भनाई थियो । कार्यक्रममा वरिष्ठ पत्रकार पूर्णलाल चुके, निरज गौतम, नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठ, शिक्षासेवी किरण आचार्य, पत्रकार माधव अधिकारी, कमल खत्री, कमल केसी लगायतले कोरोना कालमा बाँकेको पत्रकारिताका सन्दर्भमा विचार राख्नु भएको थियो ।


कृष्णसार एफएमका कार्यकारी प्रमुख तुला अधिकारीले बाँंकेको पत्रकारिताले कोरोनाकालमा भोगेका समस्या र गरेका प्रयासहरुका बारेमा छलफल होस् भनेर कार्यक्रम आयोजना गरेको बताउनु भयो । समुदायका लागि संचार अभियान नेपालका अध्यक्ष राकेश कुमार मिश्रको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »