सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोहलपुरमा ब्लड क्यान्सर पिडित थापाको जिबन रक्षाकालागि सबैमा आग्रह

मंसूर अली इद्रिशी
नेपालगंज , बाँकेको कोहलपुर नगरपालिका-१४ का खडक बहादुर थापाले आफ्नो जिवन रक्षाकालागि याचना अगरेका छन । ब्लड क्यान्सरबाट पिडित थापाको आर्थिक अभावका कारण उपचारमा समस्या देखिएपछि आर्थिक सहयोगको अपेक्षा गर्दै सहयोगी मनहरुलाई सहयोग गर्न आग्रह गरेका हुन ।


आर्थिक अभावका कारण अहिले घरमै बस्न बाध्य भएका थापाको समयमै उपचार भएमा जिवन रक्षा गर्न सकिने भएकाले आर्थिक सहयोगकालागि थापाको परिवारले आग्रह गरेको हो ।


थापालाई भेट्न उनकै घर पुगेको नेकपा माओवादी केन्द्र कोहलपुर नगर कमिटि अध्यक्ष तुलाराज विष्ट बिहानी नेतृत्वको टोलीसँग थापाको परिवारले सहयोगको याचना गरेको हो । त्यसक्रममा आफुले ब्यक्तिगत रु. ४००० र स्थानीय आमा समुहले संकलन गरेको रु. २७००० आर्थिक सहयोग उपलब्ध गराईएको नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितिका अध्यक्ष विष्टले जानकारी दिए । उपचारमा आर्थिक सहयोग गरि जीवन रक्षाकालागी सहयोग गर्न बिष्टले सबैमा आग्रह गरेका छ्न ।

भर्खरै

सम्बन्धित खबर

Language »