सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा एमसीसी विरुद्ध प्रदर्शन

मंसूर अली इद्रिशी

नेपालगन्ज, अमेरिकाको मिलेनियम च्यालेन्ज कार्पोरेशन (एमसीसी) सरकारले संसदबाट पारित गराउने तयारी गरी रहेको समय यहाँ नेपालगन्जमा एमसीसी विरुद्ध बृहत प्रदर्शन निरन्तर रुपमा चल्न शुरु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र समाजवादीले गत हप्ता एमसीसी विरुद्ध अन्तरक्रिया कार्यक्रम चलाउँदै त्रिभुवन चोकमा कोण सभाको कार्यक्रम गर्दै एमसीसीको विरोध गरेको थियो ।


माओवादी समाजवादीले एमसीसी विरुद्ध जुलुस प्रदर्शन गरेको छ । सो जुलुस भेरी अस्पताल, त्रिभुवन चोक, बिपि चोक हुँदै वीरेन्द्र चोकमा कोणसभा परिणत भएको थियो । प्रदर्शनकारीहरुले नेपालमा एमसीसी ल्याउन पाइंदैन । एमसीसी आए जलाई दिन्छौं भन्ने किसिमको नारा लगाएका थिए ।


सो कार्यक्रममा माओवादी नेता विक्रम चौधरी, सालिकराम पाठक, कर्णजीत बुढाथोकी, नरेश शाही, सिंह राज वि.क., बाकर राई, साहिल शाह, गोबिन्दराज शर्मा र सलमान राईलगायतय करिब १०० भन्दा बढी कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »