सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा गुजरात टुर्स एण्ड ट्राभल्स सुरु


मंसूर अली इद्रिशी
नेपालगञ्ज, नेपालगञ्जमा आईतबारदेखि नयाँ टुर्स एण्ड ट्राभल्स सञ्चालनमा आएको छ । नेपालबाट भारतका विभिन्न शहरसम्म नेपालीहरुलाई सहजरुपमा पु¥याउनका लागि ट्राभल्सको सञ्चालन गरिएको सञ्चालक देउमल सुनारले जानकारी दिनुभयो ।

गुजरात टुर्स एण्ड ट्राभल्सले भारतको अहमदावाद, बडोदरा, सुरत, राजकोट लगायतका शहरसम्म नेपालीहरुलाई सुरक्षित र सहजरुपमा पु¥याउनका लागि नेपाल–भारत मैत्री वस सेवा सञ्चालन गरिने भएको छ ।


ट्राभल्सको उद्घाटन गर्दै नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले भारतमा लाखौं नेपालीहरु कार्यरत रहेको भन्दै उनीहरुको सहजता र सुरक्षाका लागि ध्यान दिन सञ्चालकहरुलाई आग्रह गर्नुभयो ।

सो अवसरमा अन्य सञ्चालक सदस्यहरुको पनि सहभागिता रहेको थियो । गुजरात टुर्स एण्ड ट्राभल्स अध्यक्षका वीर बहादुर साेनिले बताउनुभयो । गुजरात टुर्स एण्ड ट्राभल्स सचिवका देवमाल सुनारलगायतको सहभागीता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »