सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शाखा प्रमुखलाई कारवाही गर्न आधिकारिक ट्रेड यूनियनको माग

मंसूर अली इद्रिशी
नेपालगञ्ज,
बाँकेको कोहलपुर नगरपालिकामा कार्यरत सिअहेब गेहराज खनाललाई कार्यालयमा कामकाज गरिरहेको अवस्थामा शाखा प्रमुख अनिल सेन ठकुरीले कुटपिट गरेको भन्दै निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन बाँकेले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

अध्यक्ष चिरञ्जीवी पाण्डे र सचिव सचिव देवीलाल चौलागाईले शनिबार विज्ञप्ती जारी गरी घटनाको घोर निन्दा र भ्रत्सर्ना गरेको छ ।
कार्यालयमा कार्य सम्पादनको क्रममा कुनै विवाद, असहमति र अस्पष्टता भए आपसी सल्ला, सहमति र समझ्दारीबाट सम्पादन गर्नुपर्ने वा त्यसरी पनि हुन नसके आफुभन्दा माथिल्लो तह वा निकायको राय सुझावबाट समस्याको समाधान गर्नुपर्ने र त्यसरी पनि समाधान हुन नसके कानून बमोजिम गर्नुपर्ने स्पष्ट बाटो र विकल्प हुँदाहुँदै कार्यस्थलमै हातपात र कुटपिटमा उत्रिने जस्तो घृणित कार्यको विरोध गर्दै विज्ञप्तीमा यसप्रकारको असभ्य, अभद्र र उच्छृंखल कार्यमा संलग्न जोकोहीलाई अविलम्व कानूनी दायरामा ल्याउन र कारवाहीको भागिदार बनाउन माग गर्दछ भनिएको छ । शुक्रबार कार्यालय समयमा कर्मचारीमाथी कुटपिट भएको हो ।

No description available.

भर्खरै

सम्बन्धित खबर

Language »