सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मिसन भण्डाफोरको टिम पुर्व एआईजि रमेश खरेलको घरमै पुग्यो

काठमाडौं । आम नेपाली टेलिभिजन बाट यहि असोज सात गतेदेखि प्रशारण हुन लागेको कार्यक्रम मिसन भण्डाफोरको टिमले पुर्व एआईजि रमेश खरेलको घरमै भेटघाट तथा छलफल गरेको छ ।


शान्ति नेपाल र आम नेपाली टेलिभिजनको संयुक्त प्रस्तुति रहने कार्यक्रम मिसन भण्डाफोरको टिमले पछिल्लो समय सामाजिक बिकृति , बिसंगति , अनियमितता,भ्रष्टचार,बेरुजु, अन्याय ,अत्याचार, बेरुजु लगाएतका बिषयमा बोल्ने सामाजिक ब्यक्तित्वहरुलाई भेटघाट गर्ने क्रममा आज पुर्व एआईजि रमेश खरेलको घरमै पुगेर भेटघाट तथा छलफल गरेको हो ।


छलफल गर्न घरमै पुगेको टिमलाई हौसला दिदैं पुर्व एआईजि खरेलले कार्यक्रमको नाम अनुसार काम गर्न सके यसले सामाजिक रुपान्तरणको अभियानमा एक महत्वपुर्ण हिस्सा बन्नसक्ने तर्फ संकेत गर्नु भएको थियो ।


कार्यक्रम शुभारम्भको अवसरमा बधाई तथा शुभकामना दिनुहुँदै खरेलले यो समाजमा यस्ता बिकृति गर्ने हरुको भण्डाफोर गरेरमात्र नपुग्ने , यिनिहरुलाई त कानुनी कठघरामा उभ्याएर कार्बाहि गर्नुपर्नेमा जोड दिनुभयो ।


यो अभियानको नामनै अत्यधिक मनपरेकोले अभियानलाई अगाडी बढाउन आफुले सकेको सहयोग गर्ने पनि उहाँले बताउनुभएको छ ।
सामाजिक ब्यक्तित्वहरु भेटघाटको पहिलो भेटनै पुर्व एआईजि रमेश खरेल संग भएको र यो भेटले आफ्नो टिमलाई झन उर्जा मिलेको शान्ति नेपालका अध्यक्ष तथा मिसन भण्डाफोरको प्रमुख समेत रहेका दिपेन्द्र ढकालले बताउनु भयो ।


यो कार्यक्रमको संरक्षक आम नेपाली टेलिभिजनका अध्यक्ष राजकुमार हुमागाईँ ,कार्यक्रम प्रमुख शान्ति नेपालका अध्यक्ष दिपेन्द्र ढकाल,कार्यक्रम प्रस्तोता शान्ति नेपालका उपाध्यक्ष हेम बहादुर खड्का (राज )कार्यक्रम संयोजनमा सोसल मिडिया एण्ड लिगल सर्भिस सन्चालक डि.बि.पराजुली रहने अन्य आवश्यक ब्यबस्थापन आम नेपाली टेलिभिजनले गर्ने सहमतिमा कार्यक्रम प्रशारणको तयारी गर्न लागिएको र यो मिसन तथा अपे्रशन पनि भएकोले सबै टिम आउट नहुने कार्यक्रम प्रस्तोता हेम बहादुर खड्का (राज ) ले जनाउनु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »