सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोम्यानलाई प्रतिस्थापन गर्दै जाभी हर्नान्डेज बार्सिलोनाको नयाँ प्रशिक्षक बन्ने

डच कोच रोनाल्ड कोइम्यान नेतृत्वको बार्सिलोनाको नयाँ सिजनको थालनी त्यति तीव्र रहेन, जति मेस्सी छँदा थियो ।

घरेलु लिगमा उसको सुरुआत फितलो छ भने च्याम्पियन्स लिगको पहिलो खेलमा नै जर्मन च्याम्पियन बायर्न म्युनिखसँग आफ्नै मैदानमा स्तब्ध बन्यो ।

हाल ला लिगामा पाँचमध्ये दुई खेलमा मात्र जित निकालेको बार्सिलोना शीर्ष स्थानमा रहेको रियल मड्रिडभन्दा सात अङ्कले पछाडि रहँदै सातौँ स्थानमा छ । क्लबको यस्तो गति हुनुमा मुख्य प्रशिक्षक कोइम्यानको पनि केही हदसम्म हात रहेको फुटबल पण्डितहरू बताउँछन् ।

खेलाडी छनोटमा चुक्नु र फितलो रणनीतिकै कारण बार्सिलोनाले सुखद नतिजा आत्मसाथ गर्न नसकेको बताइन्छ । यसैले पनि बार्सिलोना पछिल्लो समय प्रशिक्षक कोइम्यानको विकल्पको खोजी कार्यमा जुटेको स्पेनिस मिडियाका रिपोर्टहरूले जनाउँछन् ।

बार्सिलोनाले आफ्ना पूर्व–खेलाडीसमेत रहेका जाभी हर्नान्डेजलाई कोइम्यानको विकल्पका रूपमा हेरेको मार्काको दावी छ । यसअघि पनि पटक–पटक बार्सिलोनासँग जोडिएका जाभी हाल कतारी क्लब अल सादमा काम गरिरहेका छन् ।

अल सादका मुख्य प्रशिक्षक जाभीले बार्सिलोनासँग पुनः जोडिने आफ्नो सपना रहेको यसअघि नै दोहोर्याइरहेका थिए । तथापि, दुई पक्षबीच सहमति हुन सकेको थिएन । तर, अब भने कोइम्यानले जागिर छोड्नु पर्ने अवस्थामा आएमा पूर्व मिडफिल्डर जाभीलाई कतारमा स्थापित उनको परिवारसहित स्पेन बसाइँ सर्न आग्रह गर्ने बताइन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »