सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सामूहिक नेतृत्व साझा विचार सहितको नयाँ राजनैतिक शक्तिको उदय हुँदै

कैलाली । नेपाल लोकतान्त्रिक पार्टी, थरूहट थारूवान अभियान, नेवा अभियान, दलित अभियान, रिटर्नी प्रवासी अभियानको संयुक्त जिल्ला स्तरीय भेला कैलालीको लम्कीमा सम्पन्न भएको छ ।

माधव चौधरीको अध्यक्षतामा सम्पन्न भएको  भेलाका प्रमुख वक्ता नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष भानुराम चौधरी रहेका थिए । कार्यक्रममा नेवा अभियानका केन्द्रीय संयोजक सुमन सायमी, नेवा अभियन्ता रविन्द्र कुमार श्रेष्ठ, खडक चौधरी लगायत मन्तव्य व्यक्त  राखेका थिए । कार्यक्रमको सञ्चालन चुनीराम चौधरी र स्वागत देशराज चौधरीले गरेका थिए ।

भेलाले गोदावरी नगरपलिकाका माधव चौधरीको संयोजकत्वमा २५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । तदर्थ समितिका सहसंयोजकमा लम्की चुहानगरपालिकाका देशराम चौधरी रहेका छन् ।

 जोशीपुर गाउँपालिकाका चुचिराम चौधरीलाई प्रवक्ताको रुपमा चयन गरिएको छ । सदस्यहरुमा गोदावरी नगरपालिकाका धनिराम चौधरी, लम्की चुहानगरपालिकाकी पार्वती चौधरी, मानबहादुर चौधरी, जानकी गाउँपालिकाका चक्रबहादुर चौधरी, जगत चौधरी, चतुरलाल चौधरी, टीकापुर नगरपालिकाकी बिना चौधरी, भजनी नगरपालिकाका दिलिप चौधरी रहेका छन् ।

त्यस्तै घोडाघोडी नगरपालिकाका सुरज कठरिया, बलि थारू, गौरीगंगा नगरपालिकाका प्रदेशी चौधरी, सुरज चौधरी, बर्दगोरिया गाउँपालिकाका विकतलाल चौधरी, भोलेराम चौधरी, धनगढी उपमहानगरपालिका गोठुराम चौधरी, बिद्दु राना, कैलारी गाउँपालिकाका धनिराम चौधरी, जगदिश चौधरी, जगन्नाथ चौधरी र यम चौधरी सदस्य रहेका छन् ।

भेलाले अगामी मंसिर ३ र ४ गते हुने राष्ट्रिय सम्मेलनबाट एउटा सामूहिक नेतृत्व साझा विचार सहितको नयाँ पार्टी घोषणाको तयारी रहेको जनाइएको छ । नेपालमा रहेका सबै राजनितिक दल प्राइभेट लिमिटेड जस्ता रहेकाले आफूहरुले संयुक्त नेतृत्वको साझा पार्टी निर्माण गर्ने बताएका छन् । तदर्थ समितिका संयोजक माधव चौधरीले काँग्रेसका देउवा, एमालेका केपी ओली, एमाले समाजवादीका माधव, माओवादी केन्द्रका प्रचण्ड, जसपाका बाबुराम, उपेन्द्र, लोसपा महन्थ ठाकुरले प्रालि सरह पार्टीको नेतृत्व गरिरहेका बताए । उनले आफूहरुले निर्माण गरिने पार्टीमा सामुहिक नेतृत्व रहने बताए ।
राष्ट्रिय सम्मेलनबाट पार्टीको अध्यक्ष मण्डल चयन हुने जनाइएको छ । पार्टीमा सबै कलस्टरलाई समेटिने र चुनाव चिन्हको रुपमा नमस्ते चिन्ह नै रहने जनाईएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »