सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बार्सिलोना एथ्लेटिकोसँग २-० गोल अन्तरले पराजित हुँदै नवौं स्थानमा सिमित

स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले बार्सिलोनामाथि सहज जित निकालेको छ । गएराति भएको खेलमा एट्लेटिकोले बार्सिलोनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

एट्लेटिकोलाई सहज जित दिलाउनको लागि उरुग्वेली फरवार्ड लुइस सुआरेज चम्किए । उनले पूर्वक्लब बार्सिलोनाविरुद्ध एक गोल र एक असिस्ट गरे । एट्लेटिको लागि अर्को गोल थोमस लेमारले गरे । दुवै गोल पहिलो हाफमा भएको थियो ।

खेलको २४औं मिनेटमा लेमारले गोल गर्दै एट्लेटिकोलाई आग्रता दिलाएका थिए । उनले सुआरेजको पासमा गोल गरेका थिए । ४४औं मिनेटमा सुआरेजले थोमस लेमारको पासमा गोल गर्दै २-० को अग्रता दिलाए ।

बार्सिलोनाले घरेलु टोलीमाथि बल पोसेसन राख्दै दवावमा राखेपनि गोल गर्न भने सकेन । ला लिगामा बार्सिलोनाको यो पहिलो हार हो ।

यो जितपछि अपराजित रहेको एट्लेटिकोले ८ खेलबाट १७ अंक जोड्दै शीर्ष स्थानको रियल म्याड्रिडसँग अंक बराबरी गरेपनि गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ । बार्सिलोना ७ खेलबाट १२ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »