सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एकिकृत समाजवादीको काभ्रे काठमाडौँ सम्पर्क मञ्च गठन, सयौ युवाहरु पार्टी प्रवेश

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)को बिपि तिमिल्सिनाको अध्यक्षतामा काभ्रे काठमाडौँ सम्पर्क मञ्च गठन भएको छ । पोलिट व्युरोसदस्य विजय गुरुङको प्रमुख आतित्थ्ताा सम्पन्न भएको काभ्रे काठमाडौँ सम्पर्क मञ्चको भेलामा पुराना नेता शिव बहादुर देउजा, पुर्व सांसद कृष्ण प्रसाद सापकोटा, संविधान सभा सदस्य विदुर सापकोटा लगाएतका थुपै नेताहरुको सहभागिता रहेका थिए ।

काभ्रे जिल्लाको अध्यक्ष तथा वागमती प्रदेशको सचिवालय सदस्य टोक बहादुर वाइवाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा काभ्रेबाट काठमाडौँमा विभिन्न पेशा व्यवसायमा आवद्घ रहेका युवाहरुको उल्लेखनीय सहभागीता रहेका थिए । उक्त कार्यक्रममा पुरा नेता शिव बहादुर देउजाले सच्चा र असली कम्युनिष्टहरु एकिकृत समाजवादीमा अटिने बताउनु भएको छ ।

कार्यक्रममा तेमाल गाउँपालिका वडा नं. ३ सरमथलीबाट नेपाली कांग्रेसको वडा सचिव सहितको टोलि एकिकृत समाजवादीमा प्रवेश गरेका थिए भने अन्य गाउँपालिकाबाट पनि पार्टी प्रवेश गरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »