सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जानकी गाउँपालिका स्तरीय तेस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा यादब सर्बसम्मत चयन


नेपालगन्ज, नेपाल राहत शिक्षक समिती जानकी गाउँपालिका बाँकेको गाउँपालिका स्तरीय तेस्रो अधिबेशन सम्पन्न भएको छ ।
नेपाल राहत शिक्षक समिती जानकी गाउँपालिका बाँकेको आयोजनामा नेपाल राष्ट्रिय प्राथमिकता विद्यालय मानपुरमा अधिबेशन सम्पन्न भएको हो ।

May be an image of 6 people, people standing and indoor


राम लाल यादबको अध्यक्षतामा शुरू भएको अधिबेशनको प्रमुख अतिथि केन्द्रिय सह. अध्यक्ष बिरेन्द्र मल्ल तथा अतिथि जिल्ला सह. अध्यक्ष शीला श्रेष्ठ र अतिथि जिल्ला सचिव भीम खरेलको उपस्थिति रहेको थियो ।


सो अधिबेशनबाट राम लाल यादबको अध्यक्षतामा १३ जना सदस्य पालिका स्तरीय नयाँ कार्यसमिति सर्बसम्मत चयन समेत गरेको छ ।
सर्बसम्मत चयन गरिएको कार्यसमितिको उपाध्यक्षमा दीप राज आर.सी, महिला उपाध्यक्ष रेणु कुमारी मण्डल, सचिब राम खेलावन पाल, कोषाध्यक्ष खुमा थापा, सह सचिव रमेश बिश्वकर्मा, सदस्यहरू क्रमश: मुनु उपाध्याय, निश्चल नेपाल, कबिता पौडेल, सरला वली, प्रमोद कुमार बिश्वकर्मा, सीता वली र द्वारिका सिंह रहेको जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »