सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कलेज अफ ईन्जिनियरिड्ड एण्ड म्यानेजम्याण्ट नेपालगञ्जले गरे विद्यार्थीहरुलाई विदाई


नेपालगञ्ज, नेपालगञ्जको कलेज अफ ईन्जिनियरिड्ड एण्ड म्यानेजम्याण्टले चौथो व्याचका विद्यार्थीहरुलाई बिदाई गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी २०१६ मा भर्ना भएका कलेजका बी.ई. सिभिल ईन्जिनियरिड्ड अध्ययन सकेका विद्यार्थीहरुलाई बिदाई गरिएको हो ।


कलेज सञ्चालक समितिका अध्यक्ष ई.किरण बहादुर शाहको अध्यक्षतामा सम्पन्न बिदाई कार्यक्रममा बोल्दै ई.शाहले अबको देश बनाउने भनेकै इन्जिनियरहरुले हो भन्दै जसरी भएपनि आफुसं“ग भएको सम्पूर्ण बुद्धि÷विवेक सहिरुपमा प्रयोग गरी इन्जिनियरिड्ड तथा प्राविधिक दक्षताले देश बनाउनु पर्ने अवस्था आएको छ । कार्यक्रममा विद्यार्थीहरुलाई सुझाउदै शाहले आफुपनि कुनै समयमा ईन्जिनियरिड्ड शिक्षा हा“सिल गर्न विदेशमा गएको सम्झदै दक्षता हा“सिल गर्न सजिलो नभएकोले कडा मेहनत गरियो भने आफुलाई सफल व्यक्तीको रुपमा चिनाउन सकिने बताउनुभयो ।

No description available.


कार्यक्रममा बोल्दै कलेज संचालक सदस्य डा. वेदराज केसीले ईन्जिनियरिड्ड विषय उत्कृष्ट भएकोले यसबाट आर्जन गरेको ज्ञान सिप र दक्षतालाई समग्र राष्ट निर्माणमा प्रयोग गर्न सकिने मात्रै नभई सामाजिक सेवामा समेत यस्तो शिक्षालाई लगाउन सकिने बताउनुभयो । कार्यक्रममा कलेजका प्रिन्सिपल इ. विकास न्यौपानेले समेत बोल्नुभएको थियो ।

No description available.


विद्यार्थीहरुलाई कलेज संचालक समिति अध्यक्ष इं. शाह, कलेज संचालक समिति सदस्य डा. केसी र प्रिन्सिपल ई. न्योपानेले दोसल्लाह ओढाएर मायाको चिनोसहित टिका लगाएर विदाई गरिएको थियो ।

२०१३ बाट स्थापना भएको पश्चिम नेपालको एकमात्र उक्त कलेजले बी.इ. सिभिल ईन्जिनियरिड्डमा देशकै उत्कृष्ट नतिजा सहित चौथो व्याचका विद्यार्थीहरुलाई भव्यताका साथ विदाई गर्न सफल भएको हो ।

कलेजमा यस वर्षबाट पोखरा विश्वविद्यालयबाट मान्यता प्राप्त चार वर्षे बी.इ. आईटी कक्षा सञ्चालन गरिएको कलेजका प्रशासन प्रमुख मनोज रेग्मीले जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »