सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जानकीमा कालिका प्रा.वि.को शिलान्यास कार्यक्रम सम्पन्न, एक दर्जन बढी व्यक्ती सम्मानित

साहिल शेष
नेपालगन्ज ,बाँकेको जानकी गाउँपालिका-४ स्थित कालिका प्राथमिक विद्यालय ठूलो खजुराको आयोजनामा सोमबार शिलान्यास तथा सम्मान कार्यक्रम गरिएको छ ।

No description available.


विद्यालय स्थापना २०६५ सालमा भए तापनि हाल सम्म भवन निर्माणको शिलान्यास गर्न नसक्दा विद्यालय व्यवस्थापन समितिले विद्यालय भवनको शिलान्यास र सम्मान कार्यक्रमको आयोजना गरिएको हो ।


विद्यालयको पुरानो २ कोठे भवन निर्माण कार्य जिल्ला समुन्वय कार्यालय बाँकेको सहयोगमा र २ कोठे भवन निर्माण कार्य जाइका नामक संस्थाको सहयोगमा कालिका प्राथमिक विद्यालय ठूलो खजुरामा भवन निर्माण गरिएको थियो । विद्यालयका प्र.अ. कबिता पौडेलले क्याण्डिल बालेर कार्यक्रमको उदघाटन गरेकि थिइन भने प्रमुख अतिथि जानकी गाउँपालिका का.ब. अध्यक्ष भुमिसरा धितालले शिलालेख पढेर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

No description available.


कार्यक्रममा विशिष्ट अतिथी जानकी गापा शिक्षा शाखाका प्रतिनिधि अयोध्या प्रसाद यादव, नेकपा एमाले प्रदेश समिती सद्स्री एवं सचिवालय सद्स्य पदम धिताल रहनु भएको थिए । उहाले बालबालिकाको उज्ज्वल भविष्यको लागि शैक्षिक स्तरलाई अझै बलियो बनाउन विद्यालय स्थापना नेता धितालले बताए ।

No description available.


सोही कार्यक्रममा बोल्दै विद्यालयलाई व्यवस्थित बनाउन र सरसफाइका ध्यान दिनु पर्ने जानकी गापा ४ का वडा अध्यक्ष विश्राम वर्माले जोड दिएका थिए । कार्यक्रममा बोल्दै विद्यालयको पूर्वाधार निर्माण भएसँगै त्यस क्षेत्रका विद्यार्थीहरुको शैक्षिक स्तर बढ्ने विश्वास व्यक्त गर्नु भयो र शिक्षामा लगानी गर्दा सयौं वर्ष सम्म पनि प्रतिफल पाइ रहने भएकाले जग्गादाता र सहयोगी संस्था प्रती पुर्ब प्र.अ. संस्थापक मीना नाथले हार्दिक आभार व्यक्त गरेकी थिइन ।

No description available.


कार्यक्रममा खोजखबरका पत्रकार लगायत विद्यालय स्थापना गर्न अहम भुमिका निभाएका एक दर्जन बढि व्यक्तिलाई सम्मान गरेका थिए । कार्यक्रमको अन्तमा शिक्षाको गुणस्तर खोज्ने तर विद्यालयमा शिक्षकको अभाव रहेको बालबिकास शिक्षिका मीना कुमारी थापाले भन्नू भयो । उनले कार्यक्रमको संचालन समेत गरेकी थिइन ।


सोही भवनको आज एक कार्यक्रम विच विद्यालयको समस्या समाधान गर्न गापा काब प्रमुखलाई आग्रह गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश लोनियाले भवनको शिलान्यास कार्य समापन गरेका थिए भने करीब सय बढी अभिभावक र विद्यार्थीको उपस्थित रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »