सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेमा पत्रकारमाथी दुव्र्यवहार गर्ने प्रहरी असई चौधरीले माफी मागे


मंसूर अली इद्रिशी
नेपालगञ्ज, बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ नेवाजिगाऊ को वडा कार्यालाय मा समाचार संकलन गर्न गएका पत्रकार जाबेद अन्सारी र रबिन्द्र घिमिरेमाथी आक्रमण र दुव्र्यवहारको घटनामा प्रहरीले माफी मागेको छ ।

वडा कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेको बिषयमा समाचार संकलन गर्न गएका पत्रकारद्वयलाई वडाअध्य्क्ष चन्द्रीका प्रसाद गुप्ताको समुहले घेरा हाली आक्रमण र दुव्र्यवहारको प्रयास गरेको थियो ।

सोही क्रममा असइ एसके चौधरीले पत्रकारको क्यामेरा थुत्ने र गल्हत्याउने काम गरेका थिए । पत्रकार महासंघ बांकेका अध्यक्ष दामोदर भण्डारी नेतृत्वको पत्रकारको टिम र बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसूदन न्यौपाने बिच आज भएको छलफलमा असई चौधरीले माफी मागेका हुन ।

चौधरीले हाम्रो छलफलमै गल्ती भएको भन्दै माफी माग्नु भयो महासंघका अध्यक्ष भण्डारीले भन्नुभयो- पत्रकारहरुको सुरक्षाका लागि महासंघ प्रतिबद्ध छ । वडाअध्यक्ष चन्द्रिका प्रसाद गुप्ता भने अहिले सम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »