सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बेल्जियमविरुद्ध पुनरागमन जित निकाल्दै फ्रान्स युइएफए नेसन्स लिगको फाइनलमा प्रवेश

काठमाडौं। युइएफए नेसन्स लिगमा फ्रान्सले बेल्जियमविरुद्ध पुनरागमन जित निकालेको छ । बिहीबार राति इटालीको टुरिन भएको खेलमा फ्रान्सले २-० ले पछि परेको स्थितिलाई उल्टाउदै ३-२ को जित निकाल्न सफल भएको हो ।

फ्रान्सको जितमा करिम बेन्जेमा, केलियम एम्बाप्पे र थियो हर्नाण्डेजले १-१ गोल गरे। बेल्जियमका लागि यान्निक कारास्को र रोमेलु लुकाकुले १/१ गोल गरे ।

खेलको ३७ मिनेटमा यान्निक र ४० मिनेटमा लुकाकुले गोल गर्दै पहिलो हाफमा बेल्जियमलाई २-० ले अग्रता दिलाए। दोस्रो हाफमा फ्रान्सले एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पुनरागमन जित निकाल्यो । एम्बाप्पेले १ गोल र १ पास मिलाए । एम्बाप्पेको पासमा बेन्जेमाले ६२, एम्बाप्पेले ६९ र थियोले ९० मिनेटमा गोल गरेका थिए। अब उपाधिका लागि फ्रान्सले स्पेनसँग खेल्नेछ।

भर्खरै

सम्बन्धित खबर

Language »