सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

२०२१ विश्वकप आयोजक राष्ट्र कतार पोर्चुगलसँगको मैत्रीपूर्ण खेलमा ३-० गोलले पराजित

काठमाडौं– फिफा विश्वकपको तयारीमा रहेको आयोजक देश कतारविरुद्ध युरोपेली टिम पोर्चुगलले सहज जित निकालेको छ ।

आउँदो विश्वकप आयोजकका हिसाबमा तयारीका लागि यसअघिको युरोपेली छनोटसमेत खेलेको कतारले पोर्चुगलसँग एक मैत्रीपूर्ण खेलमा हार बेहोरेको हो।

खेलमा कतारले पोर्चुगलसँग ३–० गोलको हार बेहोर्‍यो। पोर्चुगलको जितका लागि क्रिस्टियानो रोनाल्डो, जोसे फोन्टे र आन्द्रे सिल्वाले गोल गरे ।

खेलको ६१ प्रतिशत समय बलमा नियन्त्रण बनाएको पोर्चुगलले कतारको पोस्टतर्फ २६ प्रहार गर्दा तीन पटकका प्रयास सफल भएका हुन् । यता कतार भने खेल समयभरि दबाबमा रह्यो । यो खेलसँगै रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्यामा पनि सुधार गरेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »