सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

साफ च्याम्पियनसिको खेलमा नेपाल उपविजेतामा सिमित

काठमाडौँ । साफ च्याम्पियनसिपको फाइनलमा पहिलो पटक पुगेको नेपाल उपविजेतामा सिमित रहयो । नेपाललाई तीन शुन्य गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको छ ।

माल्दिभ्सको राजधानी मालेमा शनिबार भएको फाइनलको पहिलो हाफ बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको सुरुमा नै भारतले लगातार दुई गोल गर्यो । खेलको ४९औं मिनेटमा सुनिल क्षेत्रीले गोल गरे भने एक मिनेट वित्न नपाउँदै सुरेश सिंह वाङजेमले भारतको अग्रता दोब्बर बनाए ।

खेलको इन्जरी टाइममा साहल अब्दुल समदले गोल गर्दै भारतका लागि उपाधि सुनिश्चित गरे ।

नेपालमाथि हावी भएको भारतले नेपाली पोष्टमा १९ पटक प्रहार गरेको थियो, जसमध्ये ८ सही दिशामा थियो । नेपालले भने सिंगो खेल अवधिभर जम्मा ६ पटक भारतीय पोष्टमा प्रहार गरेको थियो र त्यसमध्ये एउटा मात्र सही दिशामा थियो ।

साफ च्याम्पियन बनेको भारत आठौं पटक हो ।

भर्खरै

सम्बन्धित खबर

Language »