सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खेलकाे विषयमा विवाद हुँदा काभ्रेमा दाेहाेराे भडप

काठमाडौँ । काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ५ कामीडाँडामा खेलको विषयमा दुई पक्षबीच दोहोरो झडप भएको छ ।

फुटबल खेलको विवादका कारण दुई पक्षबीच दोहोरो झडप भएको प्रहरी चौकी ढुंखर्कले जनाएको छ । सुरूमा फुटबल प्रतियोगिताको आयोजक र वडा नम्बर ५ का दर्शक, खेलाडीबीच विवाद भएको थियो ।

वडा नम्बर ४ र आयोजक बीच खेल हुने भएपछि खेलाडी, रेफ्री तयारी भएको थियो । त्यसै क्रममा वडा नम्बर ५ का दर्शक र खेलाडीले आफुहरूलाई पनि खेलाउनु पर्ने माग राखेका थिए ।

वडा नम्बर ५ को टिमलाई भने टिम दर्ताको पैसा नदिएको भन्दै नकआउट गरिएको आयोजक क्लबका अध्यक्ष शैलेश तामाङले जानकारी दिएको छ ।

“टिम दर्ता शुल्क १० हजार तोकिएको थियो । वडा नम्बर ५ ले त्यो पैसा नबुझाई प्रतियोगितामा सहभागी जनायो । अर्को खेलमा पैसा बुझाउने सर्त सहित पहिलो खेल खेलाएको थियो ।” आयोज अध्यक्ष तामाङले भने । “अर्को खेल खेल्नु अघि वडा नम्बर ५ को टिमले टिम दर्ता शुल्क तिर्ने सहमति भएको थियो । तर उहाँहरूले पैसा दिने कुनै तत्परता देखाउनु भएन् । अनि नकआउट गरियो ।”

हिजो वडा नम्बर ४ र आयोजक बीच खेल हुनै लाग्दा मैदान बाहिर केहि उत्शृङखल व्यक्तिहरुले तथानाम गाली गर्दै खेल बिथोल्ने कोशिस भएको थियो ।

क्लबका अध्यक्ष तामाङले वडा नम्बर ५ का खेलाडी, दर्शकको उक्साहटमा वडा नम्बर ४ का केहि ब्यक्तिहरु समेत मिलेर आफुहरू माथि आक्रमण गरेको बताए ।

ठेलामठेल हुँदा दुई जना युवा भिरबाट खसेको प्रहरीको भनाई छ । भिरबाट खस्दा आयोजक “सक्रिय समाजसेवी युवा क्लव” वडा नम्बर ६ का सचिव ३१ वर्षीय निर बिक्रम लामा र वडा नम्बर ४ का २६ बर्षीय रघुवीर तामाङ गम्भीर घाइते भएका छन् ।

निर बिक्रम लामाको काठमाडौँ र रघुवीर तामाङको धुलिखेल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । उनीहरू दुबै जनाको अवस्था सुधार भैरहेको बताइएको छ । झडपपछि बाँकी खेल रोकिएको छ ।

असोज २३ गतेबाट सुरू भएको प्रतियोगिता भोलि कार्तिक २ गते फाईनल हुने तलिका रहेको छ । पूर्व मन्त्री एवं एमाले काभ्रे जिल्ला ईन्चार्ज गोकुल बाँस्कोटालाई प्रमुख अतिथि बनाएर खेल समापन गर्ने आयोजकको तयारी थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »