सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मधेश मानव अधिकार गृह (माहुरी होम) बाँकेको अध्यक्षमा दिनेश ठाकुर चयन

नेपालगञ्ज, पत्रकार दिनेश ठाकुरको अध्यक्षतामा मधेश मानव अधिकार गृह (माहुरी होम) बाँके जिल्ला कार्य समिति चयन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले शुक्रबार बसेको बैठकले पत्रकार ठाकुरको अध्यक्षतामा १२ सदस्यीय मधेश मानव अधिकार गृह (माहुरी होम) बाँकेको समिति गठन गरेको हो ।

उक्त समितिको उपाध्यक्षमा लक्ष्मी सुनार, सचिवमा सारु हमाल, सह–सचिवमा शिव जायसवाल र कोषाध्यक्षमा बिनयराज त्रिपाठी रहनुभएको छ ।

माहुरी होमको अध्यक्षमा दिनेश ठाकुर

यसैगरी सदस्यहरुमा शुक्रऋषि चौलागाई, सरला सुवेदी, असलम भाँट, मोहिनी बाल्मिकी, सुनिता पोखरेल, पुष्पा सुनार, र पवन जायसवाल रहनुभएको छ ।

मधेश मानव अधिकार गृह (माहुरी होम) आसन्न केन्द्रीय अधिबेशनका लागि बाँके जिल्लाबाट प्रतिनिधिको रुपमा अध्यक्ष दिनेश ठाकुर, सचिव सारु हमाल र सदस्य असलम भाँटलाई पठाउने निर्णय बैठकले गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »