सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालमा फाइभजी नेटवर्क कार्यन्वयन गर्न परामर्शदातालाई आह्वान गर्दै

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी कार्यन्वयन तथा प्रवर्द्धनका लागि परामर्शदाता आह्वान गरेको छ । फाइभजी विस्तार गर्ने कार्यक्रमको गुरुयोजना तयार गर्न प्राधिकरणले परामर्शदाता आह्वान गरेको हो ।

एक सूचना जारी गर्दै प्राधिकरणले राष्ट्रिय परामर्श सेवाप्रदायक कम्पनीहरूसँग आशयपत्रको माग गरेको छ । इच्छुक कम्पनी अथवा व्यक्तिले कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

परामर्शदाताले फाइभजीको गुरुयोजना अन्तर्गत रही फाइभजी विस्तार र कार्यन्वयनमा सम्बन्धित निकाय, सरकार, सर्वसाधारण लगायत सम्पूर्ण सरोकारवालाहरूको जिम्मेवारीको पहिचान गरी कसले कुन क्षेत्रबाट के गर्नुपर्छ भन्ने अध्ययन गरी सल्लाह दिनुपर्नेछ ।

त्यसैगरी कार्यतालिका र अनुमानित बजेटको पनि तयारी गर्नुपर्ने सूचनामा उल्लेख छ ।

यसअघि पनि प्राधिकरणले आफ्नो तर्फबाट फाइभजी विस्तारको अध्ययन अगाडि बढाएको थियो । यसका लागि प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत नै यो कार्यक्रमलाई अघि बढाएको छ । जसमा यो अध्ययनका लागि ५० लाख बजेट छुट्याइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »