सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम रोकियो

काठमाण्डौंवासीका लागि खानेपानी ल्याउने मेलम्ची आयोजनाको दोस्रो खण्डको काम रोकिएको छ । यांग्री र लार्के खोलाबाट दैनिक १७÷१७ करोड लिटर पानी ल्याउने योजनाका साथ सुरु गरिएको मेलम्ची खानेपानीको दोस्रो चरणका काम बीचमै रोकिएको हो।

खोनपानी विकास समितिले गरेको प्रतिबद्धता कार्यान्वयन नगर्दा काम स्थानीय प्रभावितवासीले काम बीचमै रोकेका हुन् ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका विभिन्न वडा प्रभावित हुने गरि पानी ल्याउने सुरुङसम्म पुग्ने गरि सडक निर्माण भइरहेको थियो । खानेपानी विकास समितिले स्थानीयवासीको समस्या समाधान नगरेकै कारण अहिले काम रोकिएको हो।

यसअघि खानेपानी विकास समितिले यांग्री र लार्के खोलाबाट पानी ल्याउन सडकमा पर्ने जग्गाधनीलाई मुआब्जा दिएको थियो । केही स्थानीयको मुआब्जामा समस्या भएपनि नेपाल सरकारको नियमअनुसार भन्दै स्थानीयले सन्तुष्टी जनाएका थिए । तर, अहिले खानेपानीले सहमति गरे बमोजिम क्षतिपुर्ती दिन आलटाल गरेकै कारण स्थानीयमा कामममा अवरोध गरेका हुन् ।
ठेकेदारले स्काभेटरलगायत साधन ल्याएका काम गर्न सुरु गर्दौ स्थानीयले रोकेका हुन्।

‘हाम्रो माग सम्बोधन नभई कामसूचारु हुनेछैन,’ स्थानीयवासीको एउटै आवाज छ।

‘सडक खन्नेक्रममा क्षति भएका बालीहरुको पुर्ती दिन्छु भनेर आलटाल गरेकाले काम बीचमै रोकेका हौं,’ पाँचपोखरी थाङपाल गाउँपालिका–६ धापका पीडित डिल्ली वाइवाले भने, ‘स्थानीयवासीको बालीहरु धेरै पुरिएको छ ।’ उनले धान, मकै कोदो, अलैंचीसहित रुखविरुवामा क्षति पुगेको जानकारी दिए।

यो योजना पाँचपोखरी गाउँपालिकाको विभिन्न वडावासी प्रभवित हुनेछन् । अहिले करिब दुई सय घर धुरीले निर्माण कार्य अवरुद्ध गरेका हुन् । ‘अरु वडामा पनि निकै समस्या छ, हाम्रोमा मात्रै करिब दुई सय घरधुरीलाई आयोजनाले झुक्याइरहेको छ,’ उनले भने, ‘आयोजनाले कहिले दसैं त कहिले अरु नै चाडपर्वको भाका राखेर हामीलाई अल्मलाईरहेको छ।’

आयोजनले सडक निर्माण गर्ने क्रममा पहिला भएका खुड्किलालगायत सामाजिक संरचना भत्काएको छ। त्यसलाई बनाउनेतर्फ पनि आयोजनाले आलटाल गरिरहेको अर्का पीडित शिशिर वाइबा बताउँछन्।

‘गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहितले प्रतिबद्धता कार्यान्वयनका लागि मेलम्ची खानेपानीमा पटकपटक झक्झकाइरहनुभएको छ,’ उनी भन्छन्, ‘तर, खानेपानी निकै अटेर भएर वेवास्ता गरिरहेको छ ।’ किसानले लगाएको बाली विनास गरेर त्यसको क्षतिपुर्ती नदिई खानेपानीले स्थानीयलाई पेलेर काम गर्न अगाडी बढेको उनले आरोप लगाए।

मेलम्ची खानेपानी आयोजनाले सिन्धुपाल्चोकको पाँचपोखारी थाङ्पाल गाउँपालिकाका विभिन्न वडाहरुमा प्रस्तावित आयोजना क्षेत्रभित्र पर्ने ३७६ कित्ता जग्गा र सो जग्गामा पर्ने बोट विरुवा, बालीनाली, गोठ टहराको मुआब्जा दिने बताएको थियो।

अहिले क्षतिको विवरण संकलन भइरहेकाले काम विस्तारै हुने र स्थानीयले क्षतिअनुसारको मुआब्जा पाउने आयोजनाले जनाएको छ।
आयोजनाको सुरुङ प्रवेश मार्ग, हेडवक्र्स, क्याम्सपाइसट, माटो थुपार्ने ठाउँ लगायतका लागि जग्गा अधिग्रहणसमेत भइसकेको छ।यो योजना पूरा भए मेलम्चीबाट अहिले ल्याउन लागिएको पानी तेब्बर क्षमतामा विस्तार हुनेछ । मेलम्चीको पानीमा अरु दुई खोलाको पानी पनि मिसाउने गरी मेलम्ची–२को डीपीआर तयार गरिएको थियो । यांग्री र लार्केबाट दैनिक ३४ करोड लिटर पानी ल्याउने तयारी छ।

भर्खरै

सम्बन्धित खबर

Language »