सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एप्पललाई पछि पार्दै माइक्रोसफ्ट विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बन्यो

काठमाडौं । एप्पलले विश्वकै सबैभन्दा मूल्यवान पब्लिक कम्पनीको ताज गुमाएको छ । शुक्रबार आईफोनको मार्केट शेयर दुई प्रतिशतले घट्दा यो ताज माइक्रोसफ्ट कर्पले हात पारेको हो ।

आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा एप्पलको बिक्री छ अर्ब डलर मात्र रह्यो । विश्वव्यापी आपूर्ति शृङ्खलामा देखिएको समस्याका कारण एप्पलको बिक्री खस्किएको हो । कम्पनीका प्रमुख टिम कुकले हालको बिदाको सिजनमा यसको असर अझ खराब हुने बताएका छन् ।
एप्पलको शेयर १.८ प्रतिशतले घट्दै १४९ अमेरिकी डलरमा कायम भएको छ । जसले गर्दा कम्पनीको बजार पूँजी २.४८ ट्रिलियन डलरमा सीमित भएको छ ।

जब कि विण्डाेज सफ्टवेयर निर्माता माइक्रोसफ्टको शेयर मूल्य २.२ प्रतिशतले वृद्धि हुँदै ३३१.६२ डलर पुगेको छ । जसबाट कम्पनीको बजार पूँजी २.४९ ट्रिलियन डलर कायम भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »