सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज युनाइटेड र टोटनह्यामको रोमाञ्चक भिडन्त हुँदै

इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा आज अधिकांश ठूला टोलीका खेलहरू हुँदैछन् । डिफेन्डिङ च्याम्पियन लिभरपुल, म्यानचेस्टर सिटी, लेस्टर सिटी, आर्सनल, चेल्सी सबैले आ–आफ्नो खेल आजै खेल्दैछन् भने लिगका अन्य दुई बलिया टोलीहरू टोटनह्याम र म्यानचेस्टर युनाइटेडको रोमाञ्चक भिडन्त पनि आजै राति हुँदैछ । यी दुई टोली यस सिजनको पहिलो खेलमा आज राति एकअर्काको सामना गर्न लागेका हुन् ।

आज हुने खेलमध्ये सबैभन्दा आकर्षक र चासोको खेल टोटनह्याम र युनाइटेडको हुनेछ । आज यो खेल हुँदा दुवै टोलीमाथि चर्को दबाब हुनेछ । किनभने, पछिल्ला खेलमा दुवै टोलीले हार व्यहोरेका छन् । क्रिस्टियानो रोनाल्डोको टिम युनाइटेडले त आफ्नो घरेलु मैदानमा लिभरपुलसँग ०–५ को लज्जास्पद हार भोगेको थियो । उता, टोटनह्याम वेस्ट ह्यामसँग अवे मैदानमा १–० ले पराजित भएको थियो । अघिल्लो खेलमा दुवै टोली आज एकअर्काविरुद्ध उत्रिँदा जितको खोजीमा हुनेछन् ।

क्रिस्टियानो रोनाल्डोको टिम आज ह्यारी केनको टिमविरुद्ध खेल्न उसकै घरेलु मैदानमा उत्रिँदैछ । अघिल्लो खेलमा खराब हार भोगेको युनाइटेड र आफ्नो घरमा खेल्न लागेको टोटनह्याम दुवैका लागि आजको खेलमा जित ज्यादै महत्त्वपूर्ण हुनेवाला छ । ओल्ड ट्राफोर्डमा लिभरपुलसँगको ०–५ को अपमानजनक हारको पीडा भुल्न पनि युनाइटेडले आज टोटनह्यामविरुद्ध उत्कृष्ट प्रदर्शन र उत्कृष्ट नतिजा निकाल्नुपर्छ । अन्यथा, युनाइटेड बेलैमा उपाधि होडमा निकै पछि पर्नेछ ।

आज यो खेल हुँदा टोटनह्यामका ह्यारी केन तथा सन हेङ मिन भर्सेस युनाइटेडका क्रिस्टियानो रोनाल्डो र मार्कुस रासफोर्ड बीचको व्यक्तिगत भिडन्त पनि हेर्नलायक हुनेछ । आजको खेलको एक आकर्षक पक्ष यो पनि हुनेछ । इटालियन युभेन्टसबाट युनाइटेड फर्किकन रोनाल्डोले सुरुआती खेलमा निकै राम्रो प्रदर्शन गरे पनि पछिल्लो समय उनी लगातार संघर्ष गरिरहेका छन् । यसअघि लिभरपुलविरुद्ध खासै प्रभाव नजमाएका रोनाल्डोमाथि आजको खेल हुँदा पनि स्वभाविक रूपमा ठूलो दबाब हुने नै छ ।


टोटनह्याम र युनाइटेड दुवै लिगका बलिया टोली भएकाले यी दुईको खेल हेर्नलायक हुनेमा शंका छैन । दुवै टोलीमा स्टार र ठूला नामका खेलाडी छन् । आज टोटनह्यामका स्टार दक्षिण कोरियन फरवार्ड सन आफ्ना आइडल खेलाडी रोनाल्डोविरुद्ध उत्रिँदैछन् । उनका लागि यो खेल झन् विशेष हुनेवाला छ । सन उनै खेलाडी हुन्, जो रोनाल्डोलाई आफ्नो सबसे ठूला आइडल मान्छन् । आज घरेलु मैदानमा रोनाल्डोको टिमको सामना गर्दा सन र रोनाल्डोमाथि पनि व्यक्तिगत रूपमा धेरैको नजर रहने पक्का छ ।

टोह्याम र युनाइटेड पछिल्लोपटक २०२१ को अप्रिल ११ मा प्रिमियर लिगमा सिजनको दोस्रो लगेको खेलमा भिडेका थिए । त्यसबेला युनाइटेडले टोटनह्यामलाई उसकै घरेलु मैदानमा १–३ ले हराएको थियो । टोटनह्याम आज आफ्नो घरमा युनाइटेडसँग सो हारको बदला लिने दाउमा हुनेछ । टोटनह्यामका लागि आजको खेलमा स्टार फरवार्डद्वय केन र सनको ठूलो भरोसा हुनेछ । यो सिजन सुरु भइकन आफ्नो लय समात्न ठूलो संघर्ष गरिरहेका केनमाथि आजको खेलमा थप दबाब हुनेछ । युनाइटेडका लागि आज सन र केन ज्यादा खतरा हुन सक्नेछन् ।

प्रिमियर लिगको अंक तालिकामा हाल सबैले समान ९ खेल खेलिसकेका छन् । जसमा चेल्सी २२ अंकसहित शीर्ष स्थानमा रहँदा २१ अंक भएको लिभरपुल दोस्रो स्थानमा र २० अंक भएको म्यानचेस्टर सिटी तेस्रो स्थानमा छ । वेस्ट ह्याम १७ अंकसहित चौथो, ब्राइटन १५ अंकसहित पाँचौं, १५ अंक भएको टोटनह्याम छैटौं र १४ अंक भएको युनाइटेड सातौं स्थानमा छ । टोटनह्याम र युनाइटेडमध्ये आज जित हात पार्ने टिमले अंक तालिकामा अवस्था सुधार गर्नेछ ।

लेस्टर सिटी भर्सेस आर्सनल – साँझ ५ः१५ बजे
वाटफोर्ड भर्सेस साउथह्यामपटन – राति ७ः४५ बजे
लिभरपुल भर्सेस ब्राइटन – राति ७ः४५ बजे
न्यूक्यासल भर्सेस चेल्सी – राति ७ः४५ बजे
म्यानचेस्टर सिटी भर्सेस क्रिस्टल प्यालेस – राति ७ः४५ बजे
बर्नली भर्सेस ब्रेन्फोर्ड – राति ७ः४५ बजे
टोटनह्याम भर्सेस म्यानचेस्टर युनाइटेड – राति १०ः१५ बजे

भर्खरै

सम्बन्धित खबर

Language »