सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लेवान्डोस्कीको ह्याट्रीकमा बायर्नको जीत, बार्साले डाइनामो किभलाई हराए

रोबर्ट लेवान्डोस्कीले आफ्नो १ सयौँ च्याम्पियन्स लिग खेलमा ह्याट्रिक गरेपछि बायर्न म्युनिखले बेनफिकालाई हराउँदै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा बायर्न ५–२ गोलले विजयी बनेको हो ।

खेलको २६ औँ मिनेटमा गोल गर्दै लेवान्डोस्कीले बायर्नलाई अग्रता दिलाएका थिए । ३२ औँ मिनेटमा सर्जी ग्नाब्रीले टोलीको अग्रता दोब्बर बनाए तर मोराटोमा बनफिकाका लागि एक गोल फर्काए । पहिलो हाफको इन्जुरी समयमा लेवान्डोस्कीले पेनाल्टीबाट गोल गर्ने अवसर चुकाएका थिए ।

दोस्रो हाफको शुरुवातमा नै लेरोय सानले गोल गर्दै बायर्नलाई पुनः दुई गोलको अग्रता दिलाए । ६१ औँ मिनेटमा लेवान्डोस्कीले अर्को गोल थपे । डार्विन नुनेजले ७४ औँ मिनेटमा बेनफिकाका लागि दोस्रो गोल गरे पनि ८४ मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पुरा गर्दै बायर्नलाई शानदार जीत दिलाए ।

यो सिजन चार खेलमा ८ गोल गर्दै लेवान्डोस्की प्रतियोगिताका शीर्ष गोलकर्ता रहेका छन् । प्रतियोगितामा १ सय खेलमा उनले ८१ गोल गरेका छन् जसमा ४ वटा ह्याट्रिक रहेका छन् । यो सिजन बायर्नका लागि उनले १८ खेलमा २२ गोल गरिसकेका छन् ।

उता, समूह कै अर्को खेलमा बार्सिलोनाले डाइनामो किएभलाई हराउँदै दोस्रो स्थानमा उक्लिन सफल भएको छ । अन्सु फातीले खेलको ७० औँ मिनेटमा गरेको गोल नै खेलमा निर्णायक बन्यो । ४ खेलपछि बायर्नको १२ अंक रहेको छ भने बार्सिलोनाको ६ अंक रहेको छ । बेनफिकाको ४ अंक रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »