सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कहिले एमाले प्रवेश गर्लान मिश्राले ?

नेपालगञ्ज, नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाँके जिल्ला सहइन्चार्ज मोहम्मद हारुनले मंगलबार हालै पार्टीको पालिका अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको सम्मानमा शुभकामना आदानप्रदान कार्यक्रम गर्नुभयो ।

विजयादशमी, दिपावली, मोहम्मद डे, छठ, क्रिसमस लगायतका विभिन्न पर्वको शुभकामना सहित आयोजना गरिएको कार्यक्रममा एमाले बाँकेका अध्यक्ष निरक गुरुङ, पुराना नेताहरु नन्दलाल रोकाय, बाबुराम गौतम लगायतको सहभागिता थियो ।

एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहका नेता पशुपति दयाल मिश्राको समेत सहभागिता थियो ।

केन्द्रीय सदस्य हारुनले विभिन्न पर्वको शुभकामना सँगै पार्टीको अधिवेशनबाट निर्वाचित पदाधिकारीको स्वागत र सम्मानमा कार्यक्रम गरिएको बताउनुभयो । गत संसदीय निर्वाचनमा एमालेको चुनाव चिन्ह सुर्य लिएर प्रतिष्पर्धा गरेपनि चारवर्ष सम्म एमालेको गतिविधिमा सक्रिय नभएका मिश्राको सहभागितालाई महत्वपूर्ण मानिएको छ ।

संसदीय निर्वाचनमा एमाले प्रवेश नगरेका मिश्रा स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै एमाले प्रवेशको अन्तिम तयारीमा रहेको श्रोतले जनाएको छ । एमाले प्रवेशका लागि जिल्ला अध्यक्ष निरक गुरुङ सहित नेता मिश्राले एमाले अध्यक्ष केपी शर्मा ओली, प्रभावशाली नेता शंकर पोखरेल लगायतसँग भेट गर्नुभएको छ ।

श्रोतका अनुसार, मिश्रा दलबल सहित एमाले प्रवेश गर्ने निश्चित भएको छ । एमालेबाट मिश्राले आसन्न निर्वाचनमा प्रतिष्पर्धा गर्ने श्रोतको भनाई छ । एमालेबाट मिश्राले आसन्न निर्वाचनमा प्रतिष्पर्धा गर्ने श्रोतको भनाई छ । (लोकप्रिय)

भर्खरै

सम्बन्धित खबर

Language »