सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चीनद्वारा १६ लाख डोज खोप नेपाललाई हस्तान्तरण

काठमाडाैँ । कोभिड–१९ विरुद्धको खोप चीनले नेपाललाई लाख डोज अनुदान स्वरूप हस्तान्तरण गरिएको छ । स्वास्थ्य मन्त्रालयमा एक कार्यक्रम आयोजना गर्दै चीनले नेपाललाई खोप हस्तान्तरण गरेको हो ।


चीन सरकार र राजदूत होउ यान्छीलाई धन्यवाद दिंदै खोप हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्री विरोध खतिवडाले नेपाल–चीन सम्बन्धमा नयाँ इँटा थपिएको बताउनुभयो । यसअघि चीनले नेपाललाई भेरोसेल खोप पनि चिनियाँ अनुदानमा दिइसकेको छ । राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई खोप हस्तान्तरण गर्नुभएको हो ।

हालसम्म चीनबाट नेपाललाई ३४ लाख डोज खोप अनुदानमा प्राप्त भैसकेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार चिनियाँ जनमुक्ति सेनाबाट नेपाललाई थप ३ लाख डोज खोप नेपाल आउने प्रक्रियामा रहेको छ । खरिद प्रक्रियामार्फत नेपालले अहिलेसम्म चीनबाट १ करोड डोज खोप ल्याइसकेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »