सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

म्यानचेस्टर डर्बीमा आज युनाइटेड र सिटीको महाभिडन्त

इंग्लिस प्रिमियर लिग दुई छिमेकी क्लव म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीविचको डर्वी खेल आज हुँदैछ । यो खेल नेपाली समय अनुसार सवा ६ बजेबाट सुरु हुनेछ ।

आजको खेलले युनाइटेडको रियल परिक्षा हुनेछ । लिगको तेस्रो स्थानमा रहेको सिटी र पाँचौं स्थानमा रहेको युनाइटेडविचको खेलका लागि सबै समर्थक प्रतिक्षारत छन् ।

पछिल्लो पटक लिगमा खासै राम्रो गर्न नसकेको भन्दै आलोचना खेपिरहेका युनाइटेडका प्रशिक्षक ओले गुनरका लागि पनि यो खेलले धेरै महत्व राख्नेछ । यसअघि बलियो टिम लिभरपुल विरुद्ध पाँच शुन्यले हारेको युनाइटेड सिटीविरुद्ध विशेष रणनितीका उत्रने प्रशिक्षक गुनरले बताएका छन् ।

युनाइटेडका डिफेन्डर रफायल भाराने आजको खेलमा हुनेछैनन् । उनी चोटका कारण एक महिना मैदान बाहिर हुनेछन् । यस्तै अर्का डिफेन्डर भिक्टर लिन्डोल्फपनि यो खेल गुमाउने भएका छन् । स्टार खेलाडी पउल पोग्वापनि तीन खेलको प्रतिबन्धका कारण आज मैदानमा देखिने छैनन् ।

यता म्यानचेस्टर सिटीका डिफेन्डर लार्पोटेपपनि क्रिस्टल प्यालेसको खेलमा रातो कार्ड खाँदा मैदानबाहिर हुनेछन् । उनको स्थानमा चोटमुक्त भएर टिममा फर्किएका जोन स्टोन्सले लिनेछन् । यस्तै अर्का डिफेन्डर केली वाल्केरपनि आज टिममा देखिनेछन् ।

यी दुई टिमविच भएका पछिल्ला चार खेलमा युनाइटेडले सिटीसँग हारेको छैन । तीन खेल जितेको छ भने एक खेल बराबरी भएको छ । यसअघि युनाइटेड सन् २००८ देखि २०११ मा सिटीविरुद्ध अपराजित रहेको थियो ।

युनाइटेडको घरेलु मैदानमा हुने खेलमा लिभरपुलविरुद्धको पिडालाई विर्सिएर सिटीविरुद्ध दरिलो खेल खेल्ने लक्ष्यमा गुनरको टिम हुनेछ भने सिटी उपाधिको दावेदारीतालाई बलियो बनाउन यो खेलमा तीन अंक हासिल गर्ने योजनामा उत्रिनेछ ।

सिटी र युनाइटेडविच भएका पछिल्ला १६ खेलमा मात्र तीन खेल घरेलु टिमले जितेको छ । सिटी युनाइटेडविरुद्ध प्रिमियर लिगमा आठ खेलमा जित निकाल्ने लक्ष्यमा हुनेछ ।
यो सिजनमा सिटीले पछिल्ला १० खेलमा तीन खेलमा गोल गर्न सफल भएको छ । यदि आजको खेलमा पनि उसले गोल गर्न नसकेको खण्डमा पेप ग्वार्डियोलाको प्रशिक्षणमा पहिलो पटक एकपछि अर्को खेलमा गोल नगर्ने खराव रेकर्ड बनाउनेछ ।

भर्खरै

सम्बन्धित खबर

Language »