नेपालगञ्ज, बाँकेमा जनता समाजवादी पार्टी खजुरा गाउँपालिका वडा नम्बर सातले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि ३ सय बढी जनाले पार्टी प्रवेश गरेका छन ।

कार्यक्रमका प्रमुख अतिथि (जसपा) केन्द्रिय कार्यकारिणी सदस्य तथा पुर्व शहरी बिकास मन्त्री बांके क्षेत्र न. २ बाट निर्वाचित सांसद माननीय मो.ईश्तियाक राईको आतिथ्यतामा र जिल्ला अध्यक्ष कमरुद्दिन राईको अध्यक्षतामा ३४३ जनाले पार्टी प्रवेश गरेका हुन ।

उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका नव प्रवेशीहरुलाई राईले पार्टीको सदस्यता प्रदान गर्नुभएको थियो ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राइले अहिलेको राजनीतिक उथलपुथलको कारण सबैभन्दा राम्रो जनताको चाहाना बुझ्ने एक मात्र पार्टी जसपा भएको बताउनुभयो । उहाँले नव प्रवेशिहरुलाई शुभकामना समेत दिनुभएको थियोे ।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य अजय श्रीवास्तव, हिक्मत बि.क, लुम्बिनी प्रदेश कोषाध्यक्ष अम्बिका काफ्ले, सदस्य बेबी तबस्सुम अन्सारी, क्षेत्र न. ३ का अध्यक्ष राजीव बर्मा, जसपा नेता सफीक सिद्दीकी, इसाक खान, लगायतको उपस्थिति रहेको जनता समाजवादी पार्टी (जसपा)का जिल्ला सचिव राजेन्द्र बिश्वकर्माले जानकारी दिनुभयो ।








