सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेको नरैनापुरमा फेरी बाँघले मान्छे खायो


नेपालगञ्ज, बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ४, पण्डितपुरुवामा बाघले मान्छे खाएको छ । स्थानीय लखन गडरियाको बाघले खाएको अवस्थामा शनिबारराती शव फेला परेको इलाका प्रहरी कार्यालय, भोजभगवानपुरका प्रहरी निरीक्षक बसन्त गौतमले जानकारी दिनुभयो ।


प्रहरीका अनुसार गाई चराउन २५ गते जंगल जानुभएका लखन फर्केर नआएपछि खोजतलास गर्दा शनिबारराती जंगलमा शव फेला परेको हो ।
शवको पिठ्यु भाग बाघले खाएको छ ।

घाटी र शरीरका अन्य भागमा नंग्राले कोतरेको छ । बाघले एउटा गाईसमेत मारेको छ । बाँकेमा पछिल्लो दुई महिनामा बाघले मान्छे खाएको यो दोश्रो पटक हो । यसअघि भदौं अन्त्यमा राप्ती–सोनारीमा बाघको आक्रमणमा एक ब्यक्तिको ज्यान गएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »