सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

२४+२६=३०, मतगणनामा निर्वाचन अधिकृतको लापरबाही,सलाम सिं तामाङलाई हराउन षड्यन्त्र,

काठमाडौं । काभ्रे जिल्ला भकुण्डेमा नेपाली कांग्रेसको १४ अौं महाधिवेशन अन्तरगत क्षेत्रीय अधिवेशनका लागि मधु आचार्य प्यानल र शिव-तीर्थ लामा प्यानल बीच मंसिर ६ गते निर्वाचन भएको थियो । राति १ बजेदेखि मतगणना शुरु गरेको हो।

प्राप्त जानकारी अनुसार खुल्ला प्रतिनिधिमा उम्मेदवार घोषणा गरेको सलाम सि तामाङलाई हराउनका लागि निर्वाचन अधिकृत नै लागि परेको सामाजिक संजालबाट प्राप्त मतगणना परिणामबाट देख्न सकिन्छ । शिव- तीर्थ लामा प्यानलबाट सलाम सिं तामाङलाई बाहिर राखेपछि खुल्ला तर्फबाट उम्मेदवारी घोषणा गरेको थियोे  ।

विशेष स्रोतले बताए अनुसार सलाम सिं तामाङलाई दिन लागेको बल प्रयोग गरि मत अरुलाई नै दिन लगाएको बुझिएको छ । यसरी गुट उपगुटको कारणले सलाम सिं तामाङको राजनीतिलाई धरापमा पारेको कांग्रेसकै कार्यकर्ताहरुले खुलेर तीर्थ लामाको शैलीलाई विरोध गरिरहेका छन् ।
भकुण्डेमा भएको मतगनणमा मधु आचार्यको प्यानलबाट बिष्णु माया पुलामी र शिव-तीर्थ लामाको प्यानलबाट दिनेश लामा बीच जीतका लागि मतगणना जारी छ ।

भर्खरै

सम्बन्धित खबर

Language »