सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विजया धितालको नेकपा एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

नेपालगञ्ज, विद्यार्थी राजनीति हुँदै नेकपा एमालेको राजनीतिमा क्रियाशिल महिला नेतृ विजया धितालले आसन्न १० औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गर्नुभएको छ ।

धिताल नेकपा एमालेको लुम्विनी प्रदेश कमिटीको सदस्यको रुपमा क्रियाशिल रहनुभएको छ । करिब डेश दशक नेकपा एमाले बाँके जिल्ला कमिटीको सदस्यको रुपमा कार्यरत धितालले २०७० सालको संविधानसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका तत्कालिन सभापति सुशिल कोइरालासँग प्रतिष्पर्धा गर्नुभएको थियो ।

धिताल एमालेको ९ औं महाधिवेशनमा समेत केन्द्रीय सदस्यका प्रबल दाबेदार रहनुभएको थियो । तत्कालिन अवस्थामा केपी ओली पक्षमा क्रियाशिल धिताललाई माधव नेपाल पक्षबाट केन्द्रीय सदस्य उम्मेदवार बन्न आग्रह गरिएपनि उहाँले अस्वीकार गर्नुभएको थियो । धिताल नेकपा एमालेको राजनीतिसँगै सहकारी क्षेत्रमा पनि सक्रिय रहनुभएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »