सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मानव बेचविखन विरुद्ध दुई दिने क्षमता अभिबृद्धि कार्यक्रम शुरु

नेपालगञ्ज,बाँके युनेस्को क्लबले नेपालगञ्ज उपमहानगरमा गठन गरिएका बाल अधिकार समिति र मानव बेचविखन विरुद्धका स्थानीय समितिका लागि दुई दिने सबलीकरण कार्यक्रमको आयोजना गरेको छ ।


प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा क्लबले सञ्चालन गरिरहेको रोकथाम पहिचान शिक्षा र रुपान्तरण परियोजना अन्तर्गत सो क्षमता अभिबृद्धि कार्यक्रम सञ्चालन गरिएको हो ।


दुबै स्थानीय समितिका पदाधिकारी र सदस्यहरुको संस्थागत क्षमता अभिबृद्धि कार्ययोजना अनुसार काम गर्न उत्प्रेरित गर्ने तथा घट्ना व्यवस्थापन, राहात, उद्धार र पुनस्र्थापना लगायतका काममा क्षमता बढाउने उदेश्यले सवलिकरण कार्यक्रम सम्पन्न गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।


उहाँले मानव बेचविखन विरुद्ध नेपालगञ्ज उपमहानगरमा रणनितिक योजना निर्माण गर्नका लागि पनि सो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रमको सहजीकरण गर्दै नेपालगञ्ज उपमहानगरपालिका सामाजिक विकास शाखाका प्रमुख शोभा शाहले मानवबेचविखन रोकथामका लागि समाजमा जनचेतना फैलाएर सबै वर्गको सहयोग लिईए मात्र रोकथाम गर्न सकिने बताउनुभयो ।


सो कार्यक्रममा वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक डिल्ली बहादुर खड्काको पनि सहभागिता रहेको थियो । मानवबेचविखन रोक्न सबैले मिलेर एक संयुक्त कार्ययोजना बनाई सोही बमोजिम काम गर्नु पर्नेमा सहभागिहरुको जोड थियो ।


दुई दिनसम्म चल्ने सो कार्यक्रममा बेचविखन विरुद्धको स्थानीय समिति र बाल अधिकार समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको प्रोटेक्ट परियोजनाका संयोजक महेश नेपालीले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »