सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

असीस्टेण्ट व्यूटीसियनका लागि तीन महिने निशुल्क तालिम शुरु

नेपालगञ्ज, असीस्टेण्ट व्यूटीसियनका लागि नतीजामा आधारित तीन महिने निशुल्क तालिम नेपालगञ्जमा सञ्चालनमा ल्याइएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको सहयोगमा कस्मोपोलीटन कन्सल्टेण्ट एण्ड टेक्नीकल एजुकेशन सेन्टर प्रालिद्धारा गुड न्यू आईटीसी मार्फत सञ्चालित तीन महिने तालिमको आज नेपालगञ्ज उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख शोभा शाहले उद्घाटन गर्नु भयो ।

No description available.

वेरोजगार महिलालाई स्वरोजगार बनाउने उद्येश्यले सञ्चालित तालिममा २० जनाको सहभागिता रहेको छ । प्रमुख अतिथी शाहले व्यूटीशीयन शिप÷कलामार्फत आत्मनिर्भरतासँगै समाजमा आर्थिक टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

गुड न्यू आईटीसीकी सञ्चालिका गीता भण्डारीले ताालिममा दैनिक ५ घन्टाका दरले व्यूटीसीयनका सम्पूर्ण विधामा प्रशिक्षीत गरिने जानकारी दिनु भयो ।

No description available.

उदघाटन समारोहमा नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका प्रमुख उजीर न्यौपाने, पत्रकार महासंघ लुम्वीनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल घरेलु तथा साना उद्योग समिति बाँके अध्यक्ष सुमीत्रा चौधरी, नेपाल घरेलु तथा साना उद्योग समिति नगर अध्यक्ष डिला शाह लगायतले तालिमको सफलताको शुभकामना दिनु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »