सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्युठानमा गोलाी चल्यो,काभ्रेमा तीर्थ लामाकाे प्यानल विजय,

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपाललाई महाधिवेशनमा निम्ता नदिनुको कारण खुलाएका छन्। मंगलबार सम्पादकहरुसँग अन्तर्क्रिया गर्दै उनले माधव कुमार नेपालले अनुशासनहीन काम गरेकाले निम्ता नदिइएको स्पष्ट पारेका हुन्।

“माधव नेपालले अनुशासनहीन काम गरेका छन्। पार्टी फुटाउने काम गरेका छन्। हाम्रो पार्टीले गत साउन २५ गते उहाँलाई कारबाही गरेर निष्कासनसमेत गरिसकेको अवस्था छ। तसर्थ हाम्रो पार्टीबाट गएकाहरुलाई हामीले पार्टी मानेका छैनौं,” उनले भने।

उनले सरकारले असंवैधानिक तरिकाले अध्यादेश ल्याएर पार्टी खोल्न लगाएको भन्दै त्यस्ता पार्टीलाई आफूहले मान्यता नदिएको बताए। त्यसैले माधव नेपाल र उनले नेतृत्व गरेका निष्कासित गुटलाई एमालेले पार्टी भनेर मान्दैन, उनले भने।

उनले माधव नेपाललाई नबोलाउनुको कारण आफूहरुले ब्यक्तिलाई निम्ता नदिएको सट्याएर पनि हाने। हामी संस्थालाई पार्टीलाई बोलाएका हौं। हामीले कुनै व्यक्तिलाई बोलाएका छैनौं, माधव नेपालप्रति इंगित गर्दै उनले भने।

मतगणनाको क्रममा प्युठानमा गोलाी चल्यो

प्यूठान, नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा गोली चलेको छ । मतगणनाको क्रममा पौडेल–सिटौला पक्षका उम्मेदवार विष्णुकुमार गिरीले अग्रता लिएपछि युवाहरुको समूहले मतगणनास्थल स्वर्गद्वारी क्याम्पसमा ढुंगा प्रहार गरेका थिए ।

मतपरिणममा असन्तुष्टि जनाउँदै युवाहरुले मतगणनास्थलमा आक्रमण गर्न थालेपछि प्रहरीले गोली चलाएको थियो । प्रदर्शनले उग्र रुप लिएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ७ सेल अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी देविप्रसाद गैरेले जानकारी दिए । झडपका क्रममा प्रहरीसहित ७ जना घाइते भएका छन । घाईतेहरुलाई उपचारका लागि प्युठान जिल्ला अस्पताल बिजुवार ल्याइएको छ ।

आक्रमणपछि अहिले मतगणना कार्य स्थगित भएको छ । स्थिती समान्य रहेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए । ६५ मत गणना गर्न बाँकी हुँदा उक्त घटना भएको उनले बताए ।

निर्वाचनमा देउवा पक्षबाट शिव रिजाल सभापतिका उम्मेद्वार रहेका छन् । पौडेल(सिटौला पक्षबाट गिरी मैदानमा छन् । यो समाचार तयार पार्दा सम्म जिल्ला सभापति पदका लागि खसेको कूल १०६५ मतमध्ये एक हजार मत गणना हुँदा गिरी ६६ मतले अघि छन् । गिरी पक्षले विजयी घोषणा गरी खुशी मनाइरहेका छ भने रिजाल पक्षले असन्तुष्टि जनाउँदै नाराबाजी गरिरहेको छ ।

काभ्रेमा तीर्थ लामा र गणेश लामाको प्यानल विजय


नेपालकी कांग्रेस काभ्रे जिल्ला क्षेत्र नं. १ को अधिवेशनमा तिर्थ लामाको प्यानल र खुल्ला तर्फबाट उम्मेदवारी दिएको गणेश लामाको विजय भएको छ । प्राप्त जानकारी अनुसार १३१४ जना प्रतिनिधि रहेकोमा १२ सय ६३ मत खसेकोमा तीर्थ लामाको प्यानलमा दिनेश लामा सहित अत्याधिक मत ल्याएर विजय भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »