सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

माओबादी केन्द्र नेपालगन्जको अध्यक्षमा शाही सर्वसम्मत निर्वाचित

नेपालगन्ज , नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका बाँकेको दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले उप-महानगर अध्यक्षमा रतन शाहीलाई निर्वाचित गरेको छ ।

आज भएको सम्मेलनबाट शाहीसहित ८१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्विरोध निर्वाचित भएको माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा नेपालगन्ज उपमहानगरपालिका इन्चार्ज अकल बहादुर बमले जानकारी दिनुभयो ।

त्यसैगरी कमिटीको उपाध्यक्षमा गोपाल पुन, ताराप्रसाद खत्री (प्रमेश) र वसन्त मल्ल, सचिवमा प्रेमबहादुर शाह, सह(सचिवमा नन्दलाल वैश्य र कोषाध्यक्षमा कश्मिरा खातुन निर्वाचित भएका हुन् । नेपालगन्ज नगर सम्मेलनको माओवादी केन्द्र केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज हकिउल्लाह खाँले सपथ खुवाएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »