सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“तोर तोर ल्हाला”म्युजिक भिडियोमा महानायक अमिर दोङ अनि शुष्माको …..

काठमाडौं । तामाङ समुदायमा गायक तथा संगीतकार सानुबाबु घिसिङले तामाङ सांगीतिक बजारमा पहुँच जमाउदै लैजाने क्रम जारी छ । “तोर तोर ल्हाला” म्युजिक भिडियो एक उदाहरण हो ।

सोमबार २६ गते सार्वजनिक भएको यो म्युजिक भिडियोलाई माया गर्ने दर्शकहरुको भीड अन्य म्युजिक भिडियोमा भन्दा कम छैन ।
महानायक अमिर दोङ र नायिका शुष्मा मोक्तानको अभिनय रहेको यो म्युजिक भिडियोलाई रुचाउने शब्द रचनाकार डोल्मा थिङले विश्वास लिएको छ ।

गायक तथा संगीतकार कोशिस थोकर र  गायीका जितु लोप्चनको सुमधुर स्वर रहेको छ । गीतमा एरेन्ज र मिक्सिङ सानुबाबु घिसिङले गरेको हो ।

फ्याफुल्ला नेपाल स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई टि.एस.सी. डिजिटल मिडियाको अफिसियल यूटुब ज्यानलबाट सार्वजनिक गरिएको छ । त्यसैगरी म्युजिक  भिडियोमा छायाङ्कन सुमन तामाङ, निर्देशक अमिर दोङ, ड्रोन क्यामरामा रोनिश तामाङ रहेकाे छ।

हेरुका लामाको कोरियोग्राफी र सन्तोश गोलेको सम्पादन रहेको भिडियोमा अमिर दोङ,सुश्मा मोक्तान,कुईसाङ रुम्बा,अनिता नेगी,पाल्देन लामा,प्रमिला ब्लोन,मिन बहादुर बोम्जन र सबिना तामाङको अभिनय रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »