सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पानीको सट्टा रक्सी पिउँदाः दावाफिन्जो तामाङ

काठमाडौं । पुस ७ गते बुधबार बिहाना आठ बजे पुस्तक विमोचन कार्यक्रममा उपस्थितिको लागि ६ गते साँझ सामाजिक संजालबाट वरिष्ठ पत्रकार जगतमान दोेङले निम्तो दिदा मलाई छुट्टै उर्जा मिलेको थियो ।

एक खोजपत्रकारिताको भिडियो निर्माण गर्नुपर्ने भएकोले बिहान ३ बजे मात्र सुतेको थियो । । बुधबार बिहान श्रीमती अमिता लोप्चनले उठाउदा आँखा मिच्दै वरिष्ठ पत्रकार जगतमान दोङलाई फोन गरे । उहाँ कार्यक्रम स्थलमा पुगिसकेको रहेछ तर ९ बजे मात्र कार्यक्रम शुरु हुने जानकारी दिएपछि म ढुृक्कले कार्यक्रम स्थलमा पुगे ।

पुसको चिसो बिहानीमा पूर्व राजदुत गणेश योञ्जन, डा. मुक्त सिं थाेकर, भाषाविद अमृत योञ्जन, अन्तराष्ट्रिय तामाङ परिषदको वरिष्ठ उपाध्यक्ष टासी लामा, बागमती प्रदेशको साँसद प्रभात लामा, लगाएतका वरिष्ठ व्यक्तिहरुको उपस्थिति भैइसकेका रहेछन् ।

वरिष्ठ पत्रकार जगतमान दोङले प्रमुख अतिथि आउन बाँकी रहेको भन्ने सूचना दिन साथ तातो कफी पिउन तिर लागे । लेखक तथा फोटो पत्रकार पेमा मोक्तानको न्यानो स्वागत सँगै चिया गफ शरु भयो ।

प्रमुख अतिथि लामा गुरु कल्साङ रिन्पाेचे आइपुग्न साथ पुस्तक विमोचन कार्यक्रम शुरु भयो । कोभिड १९ को घटना पछि पुस्तक विमोचनमा सहभागीता हुन पाउने मेरो यो पहिलो कार्यक्रम हो ।

ताम्सलिङ नलेज सेन्टरले प्रकाशनमा ल्याएको यो पुस्तकको पात्रले धेरै पहिले देखि मेरो मन तानिरहेको थियो । करिब ८४ वर्षको किताबको पात्र अथवा रसुवाको मानव महुरी दावाफिन्जो तामाङ रस चुइन लागेको सुन्तला जस्तै रसिलो मुद्रामा मञ्चमा विरासत थिए ।

उहाँसगै बसेर बोल्न मन थियो तर कार्यक्रम सकेपछि पनि मैले बोलिन । मैले उहाँको गतिविधिहरु भने मेरो क्यामरामा कैद गरिरहे ।

किताबको सन्दर्भमा पूर्व राजदुत गणेश योञ्जन, भाषाविद अमृत योञ्जन, डा. मुक्त सिं मोक्तान, लगाएत धेरै व्यक्तिहरुले समिक्षा गर्नुभयो । लेखक खोजराज गोले र पेमा मोक्तानले कस्तो शब्द चयन गरेर यो किताब लेखेको होला भनेर मेरो मनमा खुलदुली बढ्दै थियो ।

रसुवाको राष्ट्रिय समाचार समितिको पत्रकार ज्ञानु न्यौपानेले दावाफिन्जो तामाङले रसुवामा गरेका योगदानको बारेमा चर्चा गरेका थिए ।

डा. मुक्त सिं थाेकरले किताबमाथि समिक्षा गर्दै भन्नुभयो । “लेखकद्वयले साँच्चिकै मिहिनेत गरेको छ । दावाफिन्जो तामाङको जीवनीमा गहिराइमा पुगेर किताब ल्याउन सफल भएका छन् ।”

डा. गणेश योञ्जनले तामाङहरुलाई राज्य सत्ताले गरेको दमनकोबारेमा थप अध्ययन अनुसन्धान गर्न सहयोग पुग्ने बताउनु भएको छ । उहाँले किताबको समिक्षासँगै रसुवा र निकुञ्जले छुएको जिल्लाका तामाङहरुले भोगेको पिडाहरुको बारेमा सुनाउनु भएको थियो । लाङटाङ राष्ट्रिय निकुञ्जबाट रसुवाको तामाङ समुदायले पाएको समस्याको समाधानकालागि गरिएको महत्त्वपूर्ण पहलको बारेमा सुनाउनु भयो । यो किताबाट अब दावाफिन्जो तामाङको जीवनीसँगै त्यहाँको समाजिकरुपमा पाएको समस्याकोबारेमा थप अध्ययन गरेर बाहिर ल्याउन लेखकद्वयलाई अनुरोध गरेका छन् । साथै धार्मिक परिवर्तनको बारेमा र धर्म अतिक्रमणकोबारेमा समेटेको भए सुनमा सुगन्ध हुने सुझाव दिनुभयो ।

“व्यापारी र पत्रकार बीचको उदेश्य अलि नमिल्दो रहेछ । किनभने व्यापारीले नाफाको कुरा गर्दरहेछ तर पत्रकारले जहिलेपनि घाटाकोमात्रै कुरा गर्दरहेछ ।” वरिष्ठ पत्रकार जगतमान दोङ ठट्टा गर्दै कार्यक्रमलाई विट मार्दै सभापति दावादोर्जे लामालाई माइक हस्तान्तरण गरेको थियो ।

ताम्सलिङ नलेज सेन्टरको अध्यक्ष तथा कार्यक्रमको सभापति दावादोर्जे तामाङले “भेडीगोठदेखि रष्ट्रिय पञ्चायतसम्म” पुस्तक दोस्रो प्रकाशित पुस्तक रहेको जानकारी दिदै भन्नु भयो । व्यवसायीबाट कमाएको १० प्रतिशत तामाङ समुदायको हिरोजहरुकोबारेमा खोज अनुसन्धान गरेर किताब प्रकाशनमा खर्च गर्ने योजना रहेको सुनाउनु भयो ।

“भेडीगोठदेखि राष्ट्रिय पञ्चायतसम्म” किताब एक पटक सबैले पढ्नु पर्ने किताब हो भन्ने मेरो बुझाई छ । दावाफिन्जो तामाङ रसुवा जिल्लाको मात्र हिरो होइन । सिंगो तामाङ समुदायको नै हिरो हो । सायद उनले बाल्यकालमा दिदीहरुसँग मेला जाँदा पानीको सट्टामा रक्सी पिउँदा लठिएर दिनभरी वडारमा सुतेको घटनाले जीवनभर रक्सी पिउन छोडियो । सायद त्यसैको परिणाम होला भेडीगोठ देखि रष्ट्रिय पञ्चायतसम्म पुग्न सफल भएको । यो सन्दर्भलाई लेखकद्घले मिठासपुर्ण मिलाएर प्रस्तुत गरेको छ ।

कार्यक्रम स्थलमा पुस्तक किन्नेको भिड बाग्लै थियो । विगेन्द्र वाइवा पनि किताब किन्नेको भीडमा थियो । अहिलेको डिजिटल युगमा प्रिन्ट मिडिया छायाँमा परेता पनि पुस्तकको महत्व कस्तो हुन्छ “भेडीगोठदेखि राष्ट्रिय पञ्चायतसम्म” पुस्तक विमोचन कार्यक्रमले सन्देश दिइरहेको थियो । धन्यवाद वरिष्ठ पत्रकार जगतमान दोङ ज्यूलाई ।

भर्खरै

सम्बन्धित खबर

Language »