सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“सेम्ला म्हेन्दो” खोज्दै नव मोडल बिकास लामा

काठमाडौँ । चिसो मौसम, सिमसिम पानी अनि माया, नव मोडल विकास लामा पोखराबाट मनको फूल खोज्न भक्तपुरमा आइपुगेको थियो ।

“सेम्ला म्हेन्दो” बजारमा हजार छन् तर विकास लामाले खोजेको गुलाफ भेटिरहेको थिएन । पोखराको बजारमा नभेटिएपछि विकास भक्तपुरमा आइपुगेको थियो तर भक्तपुरमा पनि उनले भेट्न सकिरहेको थिएन । यो पुसको चिसो मौसम । उनलाई तोङबा तानेर ज्याप हुँदै मनको रानीसँग बोल्न जाने मन थियो । उनले आँट गरिन । किन भने विकास कलिलो बालक जस्तै थियो । विकासको गुलाफ बाँस जस्तै अग्ली थिइन् ।

कविन योञ्जन र मिङमा योञ्जन विकासलाई उल्काउँदै थियो । “हत्तेरीका भाई । गालामा नै चुम्नु पर्छ । लजाएर कहाँ हुन्छ ?” विचारा विकास रातो पिरो भयो । गुलाफले विकासको हात समात्यो । ल यसरी माया गर्नुपर्छ भन्दै सुकोमल पेटमा सलबलाउन सिकाइन् । पत्रकार सुदिन लामा भन्दै थियो । “ल अब चाहि तामाङ समुदायमा यो बहिनी चम्किने भयो । यसरी नै अभिनयमा लाग्नु । तिम्रो भविष्य उज्जल छ , ”
हो यो कुनै नाटक थिएन । तामाङ म्युजिक भिडियो “ए नोन आङल सेम्ला म्होन्दो” सुटिङ स्थल पाइलट बाबा भक्तपुरको यथार्थ घटना थियो । नव मोडल विकास लामा सानैै उमेरमा म्युजिक भिडियो अथवा मोडलिङ क्षेत्रमा केही गर्न सकिन्छ कि भनेर पोखरा देखि सुटिङको लागि आएको थियो ।

कविन योञ्जन र रश्मी दोङको सुमधुर आवाजमा रहेकोे सेलो गीत “ए नोन आङल सेम्ला म्होन्दो” निर्मला मोक्तान र विकास लामाको पहिलो मोडलिङ अनुभव थियो ।

डम्फु मिडिया प्रा.लि. युटुब च्यानलबाट सार्वजनिक भएको यो म्युजिक भिडियोको निर्देशन मिङमा योञ्जनले गरेको छ भने गायक आफैले क्यामरामा काम गरेका छन् भने भिडियो इडिटिङ पनि उसैले गरेको हो ।

यो म्युजिक भिडियोमा नव मोडल विकास लामा र निर्मला मोक्तानले तामाङ समुदायको मन जित्न सकिन्छ या सक्दैन भोलिको दिनमा अवश्य नै थाहा हुने छन् तर यो कलिलो उमेर देखि नै मोडलिङ क्षेत्रमा लाग्नका लागि कदम चाल्नु नै चुनौतीलाई स्वीकार्नु हो ।

भर्खरै

सम्बन्धित खबर

Language »