सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रेडक्रस उपशाखाहरुको वार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा

नेपालगंज , नेपाल रेडक्रस सोसाइटी बाँके शाखा अन्र्तगतका उपशाखाहरुको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

यसरी बार्षिक साधारण सभा सम्पन्न भएका उपशाखाहरुमा पुरैनी, कचनापुर, गनापुर, बेतहनी र जानकी उपशाखा रहेको छ ।

May be an image of 6 people, people standing and text that says 'नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखा, बॉँके ৭७ औ उप-शाखा सभा २०७६ पौष ३० गते, शुक्रवार'

उक्त सभामा कार्यसमितिका सचिवहरुले बार्षिक प्रगति प्रतिवेदन र आगामी वर्षको प्रस्तावित कार्यक्रम प्रस्तुत र कोषाध्यक्षले आर्थिक र लेखा परीक्षण प्रतिवेदन र आगामी आर्थिक वर्ष २०७९÷२०८० को प्रस्तावित वजेट प्रस्तुत गर्नु भएको कुरा उपशाखाबाट जानकारी प्राप्त भएको छ ।

May be an image of 6 people, people standing and indoor

यसैक्रममा नेरेसो जानकी उपशाखा कार्यसमितिको निर्वाचनका लागि निर्वाचन कार्यक्रम प्रकाशन भएको छ । उक्त वार्षिक साधारण सभा सम्बन्धित उपशाखाका सभापतिहरुको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, नेरेसो जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो भने सम्बन्धित उपशाखाका सदस्यहरु सभासद्को रुपमा उपस्थिति रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »