सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल राष्ट्रिय तामाङ घेदुङले मनाए आफ्नै भवनमा ल्हाेछार कार्यक्रम तर नेपाल तामाङ घेदुङले मनाए नाँच घरमा

काठमाडौं । २८५८ औं सोनाम ल्होछारको अवसरमा राष्ट्रिय तामाङ घेदुङले आफ्नै भवन चपली हाइटमा शुभकामना आदान प्रदान गरी मनाएको छ । पूर्व मन्त्री तथा नेकपा (एमाले)को केन्द्रिय सदस्य रेशम लामाको प्रमुख आतित्थ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तामाङ समुदायको राष्ट्रिय पर्व सोनाम ल्होछारको अवसरमा माघ १९ गते बुधबार राष्ट्रिय तामाङ घेदुङका सांस्कृतिक भवन बुढानिलकण्ठ चपाली हाईट काठमाडौंमा आयोजना गरेको थियो।

“तामाङ जातिको आफ्नै पहिचान र समृद्ध तामाङ समाज निर्माण गर्ने राष्ट्रिय तामाङ घेदुङको महाअभियान” भन्ने मुल नाराका साथ मनाएको ल्होछारको उद्घाटन पुर्व मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य रेशम लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे ।

लाङ ल्हो (गाई) वर्षको बिदाई, च्यान ल्हो (बाघ) वर्षको स्वागत गर्दै समस्त ल्होछार प्रेमीहरुलाई प्रमुख अतिथि रेशम लामाले शुभकामना व्यक्त गरेका थिए।

ल्हो को अर्थ वर्ष, छारको अर्थ नयाँ वर्षको को रुपमा भव्य रुपमा देश तथा विभिन्न देशहरूमा सोनाम ल्होछार मनाई रहेको बताउदै य‍ो च्यान ल्हो बाघ वर्ष सोनाम ल्होछारलाई तामाङ समुदायले सदा झै टुँडिखेलमा मनाउन नसकेको जानकारी अध्यक्ष वीर बहादुर योञ्जनले दिएका छन् ।

कोभिडको कारणले तामाङ समुदायले यो वर्ष सहित ३ वर्षसम्म केन्द्रित रुपले मनाउन पाएका छैन।

विशेष अतिथि पुर्व मन्त्री पर्शुराम तामाङ, ३ नम्बर प्रदेश सांसद हिमाली गोले, नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य तथा युवा नेता गणेश लामा, नेपाली काङ्ग्रेस का युवा नेता सानू तामाङ, विशेष अतिथि विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ , विशेष अतिथि डि आई जि बसन्त लामा एस। एस। पि टेक बहादुर तामाङ ,तामाङ भाषाविद् अजितमान तामाङ,अतिथि राष्ट्रिय घेदुङका प्रमुख सल्लाहकार देब कुमार योन्जन,अतिथि तामाङ सेलो जगतका चर्चित गायक तथा संगीतकार चन्द्र कुमार दोङ ,नेपाल तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङ , तामाङ घेदुङ का केन्द्रिय सदस्य हिरा दोङ ,राष्ट्रिय घेदुङका सल्लाहकार तथा युवा नेता सुमन लामा , राष्ट्रिय घेदुङ्का सल्लाहकार तथा समाजसेवी कमल मोक्तान , र नेपाल तामाङ चलचित्र संघका उपाध्यक्ष भुइसाल लामा
अन्य संघ संस्थाका प्रतिनिधिहरु अतिथिमा उपस्थिति रहेको थिए।

उक्त शुभकामना आदान प्रदान कार्यक्रममा गायक तथा संगीतकार विश्व दोङ, नेपाल आइडल बुद्ध लामा तामाङ समुदायको पहिलो र्यापार उतर लामा गायक अविशेक तामाङ लगायतका कलाकारहरुले सांगीतिक प्रस्तुतिहरु राखेको थियो।

घेदुङको महासचिव प्रविन बलले सञ्चालन गरेको कार्यक्रम तामाङ राष्ट्रिय घेदुङको अध्यक्ष वीर बहादुर योञ्जनको संयोजकत्वमा सम्पन्न भएको थियो उक्त दिन नै नेपाल तामाङ घेदुङले नेपाल राष्ट्रिय नाँचघरमा शुभकामना आयोजना गरी नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरेको थियो ।

नेपाल तामाङ घेदुङको इतिहास भन्दा राष्ट्रिय नेपाल तामाङ घेदुङको कम छ तर नेपाल तामाङ घेदुङले आफ्नै भवन अहिलेसम्म निर्माण गर्न सकेको छैन तर तामाङ समुदायले अहिलेसम्म नेपाल तामाङ घेदुङलाई नै आधिकारिकता मानेता पनि राष्ट्रिय नेपाल तामाङ घेदुङलाई मान्ने तामाङ समुदाय पनि धेरै छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »