सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हिउँ जस्तै गाेरी त्याे सुन्दरी को होला ? तर मोडल निरञ्जली लामाको हराएको पोका भेटिएन

दोलखा । काठमाडौँ देखि करिब १८२ किलोमिटर टाडा रहेको दोलखाको मुंडे हुँदै चुनढुंगा, अनि फिल्म सिटि डाङडुङ्गे डाँडा प्राकृितक सुन्दरताको खानी हो भन्दा फरक पर्दैन । हामी तामाङ प्रेम गीत “ज्युम नेसी” म्युजिक भिडियोको सुटिङको क्रममा यो ठाउँमा पुग्ने अवसर मिल्यो । वरिपरि हिउँ नै हिउँले ढाकेका सुन्दर हिमालहरू , घामको किरणले हिउँसँग चुम्बन गर्दा मनको रसिलो मायाले मनै चङ्गा झै उड्छन् यो डाङडुङ्गे डाँडामा ।

काभ्रेको अन्तिम सीमना दोलालघाट हुँदै सिन्धुपाल्चोकको यात्रा तया गर्दैगर्दा बन्देउ भन्ने ठाउँमा सानो चेक पोष्ट भेटिन्छ । चेकपोष्टमा गाडी नं. इन्ट्रिगर्ने बेला थाहा हुन्छ । एउटा सामानको पोको हरायो । महा नायक अमिर दोङको अनुहार रातो भयो । रिसले हो या के ले हो थाहा भएन । हामीले त्यही चेक पोष्टमा खटिएका प्रहरीलाई खबर गरे । पत्रकार छेडुप दोङ तामाङ निरासा हुँदे “लु अब के गर्ने ? यत्ति टाडा आइसकेको छ । सुटिङ नै क्यान्सील हुने भो ।” भन्नु भयो ।

म सबैको अनुहार नियाली रहेका थिए । मोडल निरञ्जली लामा न्याउरो मुख लगाउदै भन्छन् । “मैले यही गीतको लागि दुःख गरेर डिजाइन गरेको थियो । कस्तो नराम्रो ,छ्या ? निरञ्जलीको यो प्रतिकृया पछि पत्रकार छेडुप दोङको अनुहारले केही कुरा बताई रहेको थियो तर म बोलिन ।

आउदै गरेको केही सुमोका ड्राइभरलाई पनि सोधे । तर देखेन भन्ने जवाफ पाएपछि निरासा हुनुको विकल्प भएन । अब नयाँ कपडा ल्याउने कुरा चल्यो । काठमाडौँमा फोन गरेर नयाँ कपडा ल्याउने व्यवस्था गर्यो ।


प्रश्न उठ्यो ? हराएको पोको खोज्ने जाने की ? अमिर दोङले मेरो मुखमा हेर्दै प्रश्न गर्नुभयो । महानायकको कुरा मैले काट्न सकिन । मैले चलाएको बाईक पत्रकार मिङमा योञ्जनलाई जिम्मा लगाएर पत्रकार छेडुप तामाङ दोङ सामानको पोको खोज्न काभ्रे तिर नै फर्कियो । अरनिको हाइवेको दायाँबायाँ आँखा डुलाउदै हामी काभ्रेको सागामा आइपुग्दा घडीको सुईले ८ बजेको संकेत दिइरहेको थियो । हामीले मोडल निरञ्जली लामाको हराएको सामानको पोको भेटाउन सकिन । सागासम्म काठमाडौँबाट अर्जुन लामाले अर्को सामानको पोको बोकेर ल्याइसकेको थियो । माघको चिसो हावामा बाइकमा हामी फेरी अगीकै बाटोमा लागे । काभ्रेको सागाको चेकपोष्टमा हामीले प्रहरीलाई सोध्दा बन्देउबाट जानकारी आइसकेको सूचना प्राप्त भएपछि नेपाल प्रहरी प्रति हामीले साहनु भुति दिएर नयाँ सामानको पोको बोकेर लागे दोलखाको यात्रामा ।

पत्रकार छेडुप दोङ तामाङको बाइकको गति विहानाको भन्दा डबल नै थियो । १०७ सम्म बाइकको स्पीड पुगेको थियो । माघको त्यो चिसोमा म सकि नसकि मोडल निरञ्जली लामाको सामानको पोको समाल्दै सिन्दुपाल्चोक हुँदै दोलखा अनि मुंडे , खरिढुंगा, पुग्दा बिहानको दश बजिसकेको थियो ।


खरिढुंगाको पोखरीमा केही छायाँङ्कनको तयारीमा जुटिरहेका थिए महानायक अमिर दोङ । मोडल निरञ्जली लामा मे–कपमा व्यस्थ थिए । हामीले लिएर गएको सामानको नयाँ पोको उहाँलाई जिम्मा दियौ तर उहाँको हराएको पोका नभेटिएकोमा हामी पनि निरासा त थियौै नै, उनीमा पनि निराशा देखिएको थिइन् ।

त्यही स्थानमा तामाङ समुदायको हास्यकलाकार तथा गान्बा कुईसाङ रुम्बा आईपुग्नु भयो । उहाँले खाजा खानाको भाँडो बोकेर आएको थियो । हामीले त्यहाँको छोटो छायाँङ्कन सकाएर डाङडुङ्गे डाँडा तिर लागे । हामीले कल्पना नै गरेको थिएन । डाङडुङ्गे डाँडालाई हिउँले सिङ्गारी रहेको छ भनेर , हामीलाई हिउँ खेल्न पाउछ कि पाउँदैन भन्ने चिन्ता मात्रै थियो ।

जब डाङडुङ्गे डाँडाको नजिक नजिक पुगे, हिउँले हामीलाई स्वागत गरिरहेका थिए । पत्रकार छेडुप दोङ र म सकि नसकि बाइक डाङडुङ्गे डाँडामा पु¥याउने प्रयासमा थियो । तर सकिन । हामीले हिडेर जाने निदो गरे ।

हिउँसँग लुटुपुटु गर्दै , ठाउँ ठाउँमा मन पर्ने मान्छेको नाम लेख्दै, हाँस्दै, खेल्दै हामी डाङडुङ्गे डाँडामा पुगे । बल्ला हामीले स्वर्ग भेटेको अनुभव गरे ।

चारै तिर सेतो हिउँले डाकेको छ । खुल्ला आकाश, घामको न्यानो किरणसँगै हामीले सक्दो मौकाको फाइदा लिन खोजिरहेका थिए । मोडल निरञ्जली लामा, नव–मोडल विकाल लामा दोङ, क्यामराको अगाडी कैद हुनै व्यस्थ थियो भने म पनि केही नयाँ कुराहरु खोज्न अव्यस्थ थियो ।

फुल्न लागेको लाली गुरासको कोपिला, सेतो हिउँको घुम्टो ओडेको डाङडुङ्गे डाँडा, नजिकैको कालिङचोके डाँडा, आहा कति सुन्दर , साँच्चिकै मेरो सामु हिरामोतिले सिंगारीएको सुन्दरी उभिरहेको छ । म उनको मुहार हेरेर टोलाइ रहेका छन् ।

म सपना देख्दै मैले सपनाको राजकुमारीलाई अगाँलो हाल्दै छु । उनी भन्दै छिन् । “यो सुन्दर तपोभुमिमा तिमी र मेरो भेट हुन लेखेको रहेछ । नत्र मैले नगरकोटमा, चन्द्रगीरिमा नै भेट्न सकिन्थ्यो होला तर त्यता भेटिन । किन कि हामी यही ठाउँमा भेट्ने भाग्यमा लेखेको रहेछ ।” विस्तारै उनले मेरो काँधमा उनको शिर राखेर मलाई प्रेम कहानी सुनाउन थाल्दै थिइन् ।

“कट्, कट् , भएन, भएन , ” म झसङ्ग भयो । कुईसाङ रुम्बा मोडल विकास लामा दोङ र मोडल निरञ्जली लामालाई टेक लिदै रहेछ । मेरो सपनाको राजकुमारी विलायो । वरीपरी सेतो हिउँ, फुल्न लागेको लाली गुरासको कोपिला, बेहुली जस्तै सिंगारीएको डाँडाकाडा, मैले आफैलाई समाले ।

साँझको ५ बजिसकेको थियो । सुटिङ युनिट सामान प्याक गर्नमै व्यस्थ थियो । म सपनाको राजकुमारीलाई कतै होला कि भनेर वरिपरि खोजि रहे । भेटिन । सोचे । कुनै दिन त भेटिएला ।

हो । ज्युम नेसी म्युजिक भिडियोमा मोडल निरञ्जली लामाले खोजेको र मोडल विकास लामा दोङले खोजेको प्रेम पायो या पाएन । म्युजिक भिडियो आएपछि थाहा पाउँछन् नै ।

म्युजिक भिडियोको लगानी कर्ता कुङग होइसेर लामाले चाहेको म्युजिक भिडियो निर्माण होस् हाम्रो शुभकामना । शब्द रचना टुल्कु लामा, संगीत छेटुप मोक्तान र रश्मी दोङ र मनिक लामाको मिठो आवाजमा मोडल निरञ्जली लामा र विकास दोङ तामाङको लोभ लाग्दो अभिनय रहेको छ । महानायक अमिर दोङको लागि यो चुनौति पनि हो । किन भने उहाँले अहिलेसम्म डाङडुङ्गे डाँडामा म्युजिक भिडियो छायाँङ्कन नभएको दाबी गरेको छ तर भिडियो कस्तो आउँछ । दर्शकले रुचाउला कि नरुचाउला । चुनौतीको पहाड अगाडी महानायक अमिर दोङ अनि कोरियोग्रफार हेरुका लामा बल ।


त्यो चिसो हिउँसँग संघर्ष गरी राम्रो दृश्यहरुको छायाँङ्कन गरिरहेको बज्र लामा ङ्यासुरको पनि योगदान कम छैन ।

भर्खरै

सम्बन्धित खबर

Language »